arrow

जिनेदिन जिदान फेरि रियाल मड्रिडकै प्रशिक्षक, मौरिहो र पोचेटिन्हो आउट 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
zidane.jpg

काठमाडौं । फ्रेन्च फुटबल प्रशिक्षक जिनेदिन जिदान करिव १० महिनापछि पुनः स्पेनिश क्लब रियाल मड्रिडमा फर्किएका छन् । 

Zidane has returned to the club to replace Santiago Solari, who was sacked on Monday
क्लबले सान्टियागो सोलारीलाई सोमबार राति बर्खास्त गर्दै १० महिनापछि जिदानलाई क्लबमा फर्काउन सफल भएको हो । जिदानले १० महिनाअघि एकाएक आफ्नो पद त्यागेका थिए । 

The Frenchman approaches the podium during Monday's press conference at the Bernabeu

जिदानले क्लबसँग सन् २०२२ सम्म सम्झौता गरेको हो । क्लबले जोसे मौरिन्हो र मौरिसियो पोचेटिन्होसँग प्रक्रिया अघि बढाए पनि आफ्ना पुर्व खेलाडी तथा प्रशिक्षक जिदानलाई ल्याउन सफल भएको हो ।

Zidane and his wife Veronique gaze into each other's eyes during Monday's unveiling

जिदान सन् २०१६ मा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षण कार्यकाल रियालले युरोपेली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जितेको थियो । 

The 46-year-old said he could not refuse when president Florentino Perez called him
‘एल क्लासिको’ मा लगातार हार र च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा आयाक्ससँग आफ्नै मैदानमा ४–१ ले पराजित हुँदै बाहिरिएपछि क्लबले नयाँ विकल्प सोचेको थियो । 

Zidane says he would not have taken the job if he was concerned at spoiling his legacy

सोलारी जुलियन लोपेटेगुईको स्थानमा चार महिनाअघि अन्तरिम प्रशिक्षकको रुपमा रियालमा आएका थिए । उनले सुरुवाती समयमा राम्रो प्रदर्शन गरेपछि २०२१ सम्म क्लबले सम्झौता गरेको थियो । जिदानले क्लब छाडेसँगै क्लबले स्पेनका जुलियन लोपेटोगुईलाई प्रशिक्षक बनाएको थियो । 

क्लबमा फर्किएसँगै फ्रान्सका पुर्व खेलाडी जिदानले क्लबमा फर्कनुमा क्लबको मायाले भएको बताएका छन् । ‘आजको यो दिन सबैका लागि विशेष दिन हो ।

 

आफ्नो पुर्व क्लबमा फर्कन पाउदा खुशी छु । मैले भन्नु केही छैन । म खुशी छु । मड्रिड फर्किएको छु । क्लबलाई पुरानै लयमा फर्काउने प्रयास हुनेछ ।’ जिदानले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ