arrow

साफ खेल्नु १९ घण्टाअघि नगदसहित सम्मानित भयो महिला फुटबल टोली 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
mahila-football-samman.jpg

विराटनगर । अखिल नेपाल फुटबल संघ एन्फाले साफ महिला च्याम्पियनसिप सुरु हुनुभन्दा १९ घण्टाअगाडि नेपाली महिला राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गरेको छ ।

विराटगरमा मंगलबारदेखि पाँचौं साफ महिला च्याम्पियनसिप हुँदैछ । नेपालले पहिलो खेलमा दिउँसो ३ बजे भुटानसंग खेल्दैछ ।

खेलअघि खेलाडीहरुलाई जितले नगद पनि पाइन्छ भन्ने देखाएर उत्साह थप्न नगदसहित पुरस्कृत गरेको एन्फाले जनाएको छ । 

जापान २०२० ओलम्पिकको फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरण प्रवेश गरेको र भारतमा भएको हिरो गोल्डकपको उपविजेता टिमलाई एन्फाले पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको हो ।

कसले कति पाए ?

दुवै प्रतियोगितामा सहभागी खेलाडीहरुले प्रत्येक प्रतियोगिताको ५० हजार प्राप्त गरे ।

दुवै प्रतियोगितामा सहभागी रहेका १७ खेलाडीले एक–एक लाख र अन्यले ५० हजार पुरस्कार पाए ।

टोलीमा रहेका मुख्य प्रशिक्षक हरि खड्का, प्रशिक्षक मृगेन्द्र मिश्र र सहायक प्रशिक्षक भगवती रानामगरले जनही १–१ लाख रुपैयाँ पाए ।

हाल राष्ट्रिय टोलीमा रहेका तीन खेलाडी रेखा पौडेल, उषा नाथ र पुजा रानाले ५० हजार पाए । 

टोलीमा हाल नरहेका अनु लामा, दिपा न्यौपाने, रन्जना दर्जी, विमला चौधरी, लगायत खेलाडीले ५० हजार प्राप्त गरे ।

टोलीमा रहेका फिजियोलगायत अफिसियलहरुले ५०–५० हजार प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ