arrow

महिला साफ च्याम्पियनसिप दिउँसो विराटनगरमा उद्घाटन, नेपाल र भुटान खेल्दै

 उद्घाटन प्रचण्डले गर्ने, सांस्कृतिक झाँकीले लठ्ठ पार्ने योजना  

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
saff-5th-women-biratnagar.jpg

विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरस्थित शहीद रंगशालामा सुरु हुँदैछ । 

दिउँसो ३ बजे नेपालले उद्घाटन खेलमा भुटानसंग खेल्दैछ । नेपाल सुखद सुरुवात गर्दै उपाधि जित्ने लयमा खेल्नेछ । सेमिफाइनल यात्रा तय गर्न नेपालले भुटानलाई हराउनै पर्ने हुन्छ । 

बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउनै पर्ने हुन्छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले उपाधिका लागि नै खेल्ने बताएका छन् । 

यसअघिका चार संस्करणमध्ये तीन पटक फाइनल पुगेर पनि नेपालले उपाधि जितेको छैन । पहिलो उपाधिको खोजीमा रहेको नेपाल उपाधिको भोको रहेको पनि प्रशिक्षक खड्काले बताएका छन् । 

यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । 

च्याम्पियनसिपको समूह ए मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

 उद्घाटनको तामझाम यस्तो छ 

प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्ने छन् । उद्घाटनलाई भब्य बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिने छन् । 

एन्फा प्रवक्ता किरण राईका अनुसार उद्घाटनका क्रममा छोटो मन्तव्य पनि हुनेछ । अनि खेलको मध्यान्तरमा सांस्कृतिक झाँकी प्रस्तुत गरेर दर्शकलाई लोभ्याउने प्रयास गरिने छ । 

दर्शकको कमी नहुने प्रवक्ता राईले बताए । उनका अनुसार नेपालबाट मात्र नभई विराटनगर भारतबाट पनि नजिक भएकाले छिमेकी मुलुकबाट समेत दर्शक आउने छन् । 

टिकट मुल्य भने भिआइपीतर्फ ३ सय र साधारण प्याराफिटतर्फ २ सय रुपैयाँको टिकट राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ