arrow

राज्यमन्त्री चढेको एयर डाइनेष्टिको हेलिकोप्टर आकस्मिक अवतरण

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
airdynasty-9N-AJD.jpg.jpeg
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही चढेको एयर डाइनेष्टिको हेलिकोप्टर आकस्मिक अवतरण भएको छ । मनाङको जिल्ला परिषद् उद्घाटन सकेर फर्किने क्रममा राज्यमन्त्री शाही एयर डाइनेष्टीको कलसाइन नाइनएन–एजेडी हेलिकोप्टर  चढेर फर्कन लागेकै क्रममा खराव मौसमका कारण मनाङको धारापानी १ पाल भन्ने स्थानका आकस्मिक अवतरण गराइएको बताइएको छ । मनाङ लगायत हिमाली जिल्ला मुस्ताङ, हुम्ला, जुम्लाको मौसम खराव भएको छ । हुम्लाको सिमिकोटमा १ फिट हिउँ जमेपछि त्यहाँको अवाई उडान सबै रद्द मएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ