arrow

मोदीको नोटबन्दीले अर्थव्यवस्था धरासायी – कांग्रेस

हार्दिक पटेल काँग्रेसमा

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
rahul-soniya.jpeg

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको सरगर्मी बढेसंगै प्रमुख प्रतिपक्षी दल काँग्रेस आई पनि संगठित हुँदै गएको छ । 

उक्त क्रममा गुजरातमा ५८ वर्षप्छि पहिलो पटक काँग्रेस कार्यसमिति बैठक हुँदैछ । उक्त बैठकमा एनडीए–भाजपा सरकारद्धारा लागु भएको नोटबन्दीमाथि खास चर्चा हुने बुझिएको छ । 

चुनाव प्रचारका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीका कारण अर्थव्यवस्था कसरी घाटामा पुग्यो भन्ने बारेमा काँग्रेसले बताउने छ । 

यो प्रस्तावको कार्यसमितिमा मन्जुरीका लागि राखिने छ । यसका साथै जिएसटी, किसानहरुको दयनीय अवस्था र बेरोजगारीजस्ता मुद्धा पनि मुख्य एजेन्डामा सामेल रहेको बुझिएको छ । 

उक्त बैठकमा पाटीदार नेता हार्दिक पटेल सामेल हुनेछन् । उनी काँग्रेसमा सामेल हुने अड्कल पहिलेदेखि नै लाग्दै आएको थियो । 
काँग्रेस अध्यक्ष राहुल गान्धी र पूर्वअध्यक्ष सोनिया गान्धीको उपस्थितिमा पटेल काँग्रेस छिर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ