arrow

चुनावअघि कांग्रेसलाई बिधायक जोगाउन सकस, चार दिनमा तीन बिधायक भाजपामा 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
rahul-gandhi2.jpg

काठमाडौं । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा नेताहरुले पार्टी प्रवेश गर्ने लहर तीव्र छ । प्रमुख प्रतिपक्षी काँग्रेसलाई बिधायक जोगाउन सकस भएको छ । 

काँग्रेस आईका तीन बिधायक चार दिनको अवधिमा पार्टी परित्याग गरी सत्ताधारी भारतीय जनता पार्टी भाजपामा गएका छन् । 

गुजरातमा ५८ वर्षपछि पहिलो पटक काँग्रेस कार्यसमिति बैठक हुनुभन्दा एक दिन अगाडि त्यहाँकै बिधायकले पार्टी छाडे । जामनगर (ग्रामीण) का बिधायक बल्लभ धारविया काँग्रेस छाडेर भाजपामा गए । 

सन् २०१७ मा भएको बिधानसभा चुनावपछि पाँच बिधायकले काँग्रेस छाडिसकेका छन् । तीमध्ये एक जनालाई हालै अयोग्य घोषित गरिएको थियो । 

योसंगै काँग्रेसमा बिधायकको संख्या ७७ बाट घटेर ७१ भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ