arrow

महासचिव बनेपछि प्रियंका गान्धीको पहिलो संवोधन 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
priyanka-gandhi.jpg

काठमाडौं । भारतीय काँग्रेस आई पार्टीकी महासचिव बनेपछि पहिलो पटक प्रियंका गान्धीले मंगलबार संवोधन गर्दैछिन् । पार्टीले उनलाई लोकसभा चुनावमा काँग्रेसलाई धेरैभन्दा धेरै सिट जिताउनका लागि महासचिव बनाएको हो । 

उनी महासचिव बनेपछि पहिलो पटक सभामा बोल्दैछिन् । मंगलबार पार्टीले गुजरातमा ५८ वर्षपछि पहिलो पटक कार्यसमिति बैठक आयोजना गर्दै गर्दा त्यहाँ सरिक भएपछि प्रियंका गांधीनगरको अदलाजमा आयोजित जनसभामा सम्वोधन गर्नेछिन् । 

सक्रिय राजनीतिमा आएपछि प्रियंकाको यो नै पहिलो संवोधन हुनेछ । उनले संवोधन गर्दा उनीसंगै पूर्व अध्यक्ष सोनिया गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंह पनि उपस्थित हुनेछन् । 

सभामा पाटीदार आंदोलनका नेता हार्दिक पटेल पनि सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ