arrow

हुवावेसंग सहकार्य नगर्न जर्मनीलाई अमेरिकाको चेतावनीपूर्ण दबाव

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
huawei5.jpg

 काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवावेसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई चेतावनीपूर्ण दबाव दिएको छ । जर्मनीले ‘फाईभ–जी’ टेलिकम विस्तारको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

जर्मनीले चिनियाँ कम्पनीसँग सहकार्य जारी राखे जासुसी र अनुसन्धानमा अमेरिकाले सहयोग बन्द गर्ने चेतावनी अमेरिकाले दिएको वाल स्ट्रिट जर्नललाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

जर्मनीका लागि अमेरिकी राजदूत रिचर्ड ग्रेनेलले जर्मन सरकारलाई पत्र लेख्दै हुवावेसँग कुनै पनि सहकार्य नगर्न आग्रह गरेका हुन् ।

हुवावेसँगको सहकार्यले आफ्नो सुरक्षा गोपनियता भंग हुने अमेरिकाको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ