arrow

‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने पूर्व मन्त्रीसहित ५ पक्राउ

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
prachand-siraha.jpg.jpeg
सिराहा । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कालो झण्डा देखाउने संघीय समाजवादप्का नेता पक्रार परेका छन् ।  
 
दाहाल जिल्ला विकास समिति सिरहाको ‘२३औं जिल्ला परिषद्को बजेट नीति तथा कार्यक्रमको सार्वजनिकीकरण’ समारोहमा सहभागि हुन सिराह पुग्दा विरोधमा कालो झन्डा देखाएको र नारावाजी गरेको भन्दै प्रहरीले फोरमका नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वमन्त्री राजलाल यादवसहित ५ जना फोमम कार्यकर्ता छन् । यादवले जिल्ला परिषद्मा बोल्ने क्रममा दाहालको विरोध गरे । 
 
राजलालले दाहाललको विरोध गरेसंगै फोरमका कार्यकर्ताले दाहालनिरुद्ध नारावाजी गर्दै कालो झन्डा देखाएका थिए । सिराहा क्षेत्र नम्बर –५ बाट सांसद रहेका दाहाल कडा सुरक्षाबीच कार्यक्रममा सहभागि भए । दाहालकै पार्टीको गृहमन्त्री एका कारण प्रहरीले आफुहरुमाथि दमन गरेको फोरम कार्यकर्ताको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ