arrow

सिके राउतको असली चेहरा मधेशले देख्यो – मुख्यमन्त्री लालबाबु राउत 

मधेशी जनताको अपमान गरे कार्वाही गर्छौं 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Lalbabu-raut-cheif-minister.jpg

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिके राउतको असली चेहरा मधेशले देखेको बताएका छन् ।  

गत शुक्रबार काठमाडौंमा केपी ओली सरकारसंग भएको ११ बुँदे सहमति र त्यसपछि आइतबार जनकपुरमा सिके राउतका कार्यकर्ताले गरेको ‘मधेश एसियाको नयाँ राष्ट्र’ नाराबाजीपछि सिके राउतको असली अनुहार स्पष्टै भएको मुख्यमन्त्री राउतले आरोप लगाए । 

उनले सिके राउतले संसदीय प्रणालीलाई स्वीकार गरेर आउनु स्वागतयोग्य भए पनि मुलुकको सार्वभौमिकताप्रति कन्फ्यज गरेको आरोप लगाए । 

राजपा र फोरमलाई भन्दा बढी प्राथमिकता दिएर राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सहमति नै कन्फ्युजन गर्ने योजना भएको मुख्यमन्त्री राउतले बताए ।  

उनले अगाडि थपे, ‘सक्कली नक्कली अहिले प्रमाणित भएको छ । आया उँट पहाडके निचे भनेझैं मधेशी जनताले सिके राउतलाई चिनेका छन् । प्रधानमन्त्री ओलीले ठूलो ड्रामा गरेर सभागृहमा सिके राउतलाई भित्र्याएर आफ्नो हैसियत पनि देखाएका छन् ।’ 

जेलबाट छुटेर आएको अर्को दिनमै यस्तो सहमति हुनु एउटा ठूलो ग्राण्ड डिजाइन भएको समेत मुख्यमन्त्री राउतले बताएका छन् । 

उनले सिके राउतले दल खोल्नु स्वागतयोग्य भएको तर मधेशी जनतालाई बदनाम गर्ने काम गरे कार्वाही गर्ने समेत बताएका छन् । 

उनले भने, ‘यतिका दिनसम्म मधेशीलाई बदनाम गर्ने काम भएको छ सिकेले फेरि पनि बदनाम गर्न खोजे भने उनलाई कार्वाहीको दायरामा ल्याइन्छ ।’

प्रधानमन्त्री ओलीले सिके राउतलाई भनेको महान् व्यक्तिको संज्ञाबारे मुख्यमन्त्री राउतले भने, ‘मुलुकको संघीयताका लागि मधेशी जनताले दिएको योगदानको अपमान भएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ