arrow

बाजुराबाट कर्णाली यातायात सुचारु

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Sudur-paschim.JPG.jpeg
बाजुरा । धनगढीबाट अन्य जिल्लामा संचालन हुदै आएको कर्णाली रिभर यातायात आइतबार देखि बाजुरामा पनि सुचारु भएको छ । बाजुरामा सुदुरपश्चिम यातायात र महाकाली यातायात विगत वर्ष देखि सुचारु हुदै आएका भएपनि अहिले बाजुराबाट धनगढीका लागि कर्णाली रिभर यातायात सुचारु हुने कर्णाली रिभर यातायात व्यवसायीका सदस्य जगत धामीले बताएका छन् ।
 
 कर्णाली रिभर यातायात एक कार्यक्रमका विच उद्घाटन गरिएको यातायातका छ ।  बाजुरा  जस्तो विकट जिल्लाका जनतालाइ सहज रुपमा यातायात गराउनका लागि उक्त यातायात सुचारु गरिएको हो । कर्णाली यातायातको उद्घाटन गर्दै महासंघ बाजुराका अध्यक्ष मदन राज जैशीले बाजुरामा यस भन्दा पहिले पवनदुत यातायात र मालिका यातायात केही समयका लागि सुचारु भएकाले  त्यस्तो नगर्न कर्णाली यातायात व्यवसायीलाइ आग्रह गरेका छन् । बाजुराका कर्णाली यातायात नियमित र सस्तो सुलभ रुपमा जनतालाइ सहज रुपमा यात्रा गराउन समेत उनले भने ।
 
बाजुरामा विगत केही वर्ष यता सञ्चालन हुदै आएको सुदुरपश्चिम यातायात व्यवसायी तिपाडाले भने कर्णाली रिभर यातायातमा रोक लगाउने तिपाडा काउन्टरका झरेन्द्र सिंहले बताएका छन् । जिल्लामा एक तन्त्री शासनका रुपमा यातायात सुचारु गर्दै आएको सुदुर पश्चिम यातायातले मनपरी रुपमा भाडा असुल्दै भन्दै कतिपय यात्रुहरु आक्रोसित हुदै आएका एक पसल व्यवसायीले बताएका छन् । विगत लामो समय देखि सुदुर पश्चिम यातायातले बाजुराबाट जाने यात्रुहरुबाट मनोमानी रुपमा भाडा लिने गरेको बताइएको छ । अव जिल्लामा बाजुराबाट धनगढी सम्म २ वटा  व्यवसायीका बस चल्ने भएकाले कर्णाली रिभर यातायात बाजुरामा सुचरु हुन नदिनका लागि जीप व्यवसायीले विरोध जनाएका छन् ।
 
 अब  देखि बाजुरामा कर्णाली रिभर बाजुरामा ल्याए देखाउन तिपाडा काउन्टरका सुरेन्द्र नाथ र झरेन्द्र सिंहले धम्की दिएका छन् । जिल्लामा अन्य यातायात सुचारु हुनु नै जिल्लाका स्थानिय बासिन्दाहरुलाइ सहज हुने भएको देखिन्छ । धनगढीबाट दिउसो ३ बजे र बाजुराबाट दिउसो २ बजे बाट बस छुट्ने समय तालिका अनुसार बस सुचारु  गरिएको हो । पुराना र धेरै वर्ष चलिसकेका बाजुरामा आउनाले अव फोल्डिंग भएको बस सुचारु भएकोमा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष मदनराज जैशीले धन्यबाद दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ