arrow

उद्घाटन खेलमा नेपालद्वारा भुटान पराजित

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
saff-5th-women-biratnagar1.jpg

काठमाडौं। बिराटनगरमा जारी साफ उमेन्स च्याम्पियन्सिप २०१९ फुटबलको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको छ। 

नेपालका लागि १३औं मिनेटमा मञ्जली कुमारी योञ्जनले गोल गरेर अगर्ता दिलाएकी थिईन्। नेपालले एक तर्फी रुपमा आक्रमण गरेको खेलमा भुटानका रक्षापंक्तिका खेलाडीहरुले केही उत्कृष्ट बचाउ गरेका थिए।
त्यसैगरि खेलको १६औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेर नेपाललाई २-०को अग्रता दिलाएकी थिईन्। नेपालका खेलाडीहरुले राम्रो प्रदर्शन गरेको भएता पनि अज उत्कृष्ट हुन सक्ने थियो। 

खेलको ५४औं मिनेटमा तेस्रो गोल गर्दै ३-०को अग्रता दिलाएकी थिईन्। त्यसपछि पनि केही राम्रा आक्रमण गरेको नेपालले थप गोलभने गर्न सकेन। नेपालले अर्को खेल मार्च १६मा बंगलादेश बिरुद्ध खेल्ने छ।

प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुस्पकमल दहालले गरेका थिए। उद्घाटन समारोहमा प्रदेश नंबर १का मुख्यमन्त्री शेरधन राई, बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायतको उपस्थिती थियो।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ