arrow

उपराष्ट्रपति पुनलाई ग्रेटर नेपाल मोर्चाको ज्ञापनपत्र

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
VP-nanda-bahadur-pun.jpg.jpeg
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय सेनामा कार्यरत नेपाली युवालाई बु्रनाईको सुरक्षार्थ खटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष ज्ञापनपत्र बुझाएको छ । 
 
मोर्चाले आइतबार दिउँसो उपराष्ट्रपति कार्यालय बहादुरभवन पुुगेर भारतका उपराष्ट्रपति मोहम्मद हमीद अन्सारीले भारतीय सेनामा कार्यरत नेपाली युवालाई ब्रूनाईको सुरक्षार्थ खटाउन गरेको प्रस्तावको निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 
 
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको टोलीले सुगौली सन्धि भएको २०० वर्ष पुगेको र गोर्खा भर्ती सुरु भएको २०१ वर्ष पुगेको सन्दर्भमा विदेशी सेनामा कार्यरत नेपाली युवाको हकअधिकार र तिनको स्वाभिमान तथा ती युवाप्रति नेपाल सरकारको दायित्वका सम्बन्धमा उपराष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको हो । 
 
ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले यो अत्यन्तै गम्भीर विषय भएकाले सरकारले गम्भीरतापूर्वक लिएको र यसलाई कूटनीतिक समाधानको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताए । उपराष्ट्रपति पुनले भने, ‘यसलाई मैले ज्यादै गम्भीरतापूर्वक लिएको छु, यो ज्ञापनपत्रलाई सरकारको सम्बन्धित निकायसम्म लैजानेछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ