arrow

अर्को स्ट्राइक हुनसक्छ : ममता वनर्जी

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
mamata.jpg

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता वनर्जीले लोकसभा चुनावको प्रक्रिया जानीजानी लम्बाउने काम भैरहेको दाबी गरेकी छन् ।  भाजपाले  बंगाललाई हैरान बनाएर आफ्नो योजनाको अनुरुप अर्को स्ट्राइक गर्न चाहेको उनले बताइन् । उनले भनिन्, 'म भन्न सक्दिन स्ट्राइक कुन प्रकारको हुनेछ ।' तृणमूल कांग्रेस प्रमुखको सो बयानलाई भारतको तर्फबाट गर्न सक्ने संभावित कारबाहीको तर्फ इशारा मानिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एक पत्रकार सम्मेलनमा ममताले भनिन्, ‘केहि वरिष्ठ पत्रकाहरुले मलाई अर्को स्ट्राइक हुने सुनाए । म भन्न सक्दिन कि कुन प्रकारको स्ट्राइक हुनेछ । अप्रिलमा कुनै नाममा। यसैकारण मतदान प्रक्रिया १९ मे सम्म जारी रहनेछ ।’ उनले भनिन् , ‘कृपया मलाई गलत नसम्झनुहोस । निर्वाचन आयोग जस्तो संवैधानिक संस्थाको प्रति मेरो मनमा इज्जत छ। तर पश्चिम बंगालमा माहोल खराब गर्नु भाजपाको योजनाको हिस्सा हो।’’

ममताको आरोपमाथि भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले भने , ‘‘निराधार आरोप लगाउनु उनको वानी हो । उनि हावादारि कुरा गर्छिन् । यदि उनिसँग प्रमाण भए सार्वजनिक गर्नुपर्थ्यो ।’’

१४ फेब्रुअरीमा पुलवामा भएको आक्रमणमा सीआरपीएफका ४० जवान शहीद भएका थिए । यसपछि भारतीय वायुसेनाले पाकिस्तानको बालाकोट हवाई आक्रमण गरेको थियो । यसमा ममताले मोदी सरकार माथि  ‘युद्ध उन्माद’ फैलाएको आरोप लगाएकी थिइन् । ममताले जवानहरुको जिन्दगी चुनावी राजनीति भन्दा महत्वपूर्ण रहेको बताएकी थिइन् । उनले एयर स्ट्राइकपछि बालाकोटमा के भयो देशले जान्ने चाहेको बताउदै आउकी छन् ।

अगामी लोकसभा चुनावमा पश्चिम बंगालमा सातै चरणमा मतदान हुदैछ । पहिलो चरणको मतदान ११  अप्रिल र सातौ तथा अन्तिम चरणको मतदान १९ मेमा हुनेछ । ममताले आफ्नो  पार्टी राज्यको सबै ४२ लोकसभा सिटमा जीतने दाबी गर्दै आएकी छन् । उनले भनिन् कि उनलाई लम्बाइएको चुनावी प्रक्रियासँग कुनै हैरानी छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ