काठमाडौं । पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा ईटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको राउन्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा स्पेनिश क्लब एट्लेटिको मड्रिडमाथि ३–० को जित सहित युभेन्ट्स अन्तिम ८ मा प्रवेश गरेको हो ।
यो जितपछि युभेन्ट्सले समग्रमा ३–२ को नतिजा निकाल्न सफल रह्यो ।
रोनाल्डोले आफूलाई निके खास खेलाडी भएको प्रमाणित गर्ने क्रममा तीनै गोल आफूले गरे । यसै सिजन ९९ मिलियन पाउण्डमा स्पेनिश क्लब रियाल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले युरोपेली क्लब फुटबलको ठुलो प्रतियोगितामा आफुलाई पुनः सिद्व गरेका हुन् ।