-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब म्यानचेष्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

राउन्ड अफ सिक्सटिन (प्रिक्वार्टरफाइनल) को दोस्रो लेगको खेलमा बुधबार बिहान जर्मन क्लब शाल्केलाई ७–० गोल अन्तरले हराएर सिटी क्वार्टरफाइनलमा पुगेको हो ।

सिटी समग्रमा १०–२ को नतिजासहित अन्तिम ८ मा पुगेको हो । पहिलो लेगको खेल सिटीले ३–२ ले जितेको थियो ।

यस्तो भयो दोस्रो लेगको खेलमा
३५ औं मिनेटमा सर्जियो अग्युरोको पेनाल्टी गोलबाट सिटीले अग्रता लियो । ३८ औं मिनेटमा अग्युरोले नै सिटीको अग्रता दोब्बर पारे ।

४२ औं मिनेटमा लिरोय सानेले सिटीलाई ३–० को स्थितिमा पुर्याएका थिए ।

रहिम स्टर्लिङले ५६ औं मिनेटमा चौथो गोल गरे । बेर्नाल्डो सिल्भाले ७१ औं मिनेटमा सिटीलाई ५–० को स्थितीमा पुर्याए ।

फिल फोडिनले ७८ औं मिनेटमा टोलीका लागि छैटौं गोल गरे । ८४ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टोलीको जित ७–० मा पुर्याएका थिए ।
