arrow

युएई लगायतका १५ देश युरोपियन युनियनको कालोसूचीमा, सात देश खैरोसूचीमा  

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
european-union.jpg

काठमाडौं । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । 

युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । 

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपर्स र लक्सलिक्स जस्ता भ्रष्टाचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो । 

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ