arrow

प्रदेशमा देउवा र पौडेल पक्षको अग्रता बराबर, को–को छन् शीर्ष १४ मा (सूचीसहित)

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
mat-gadana.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेस नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । सोमबार सकिने मत गणनामा हाल सम्म सात प्रदेशका लागि आउने १४ सदस्यमा अग्रता लिनेमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधर दुबै बराबरी छन् । दुबै तर्फका ७–७ सदस्यले अग्रता लिएका छन् ।
 
प्रदेश १ 
गुरुराज घिमिरे र भिष्मराज आङदम्बे अघि छन् । घिमिरेले ६ सय ३ र आङदम्बेले ५ सय ३७ मत ल्याएका छन् । आङदम्बेलाई पछ्याउने अमृत अर्यालले ५ सय ७ मत ल्याएका छन् । गुरु रामचन्द्र पक्षधर हुन् भने, भिष्म देउवा पक्षधर हुन् । प्रदेश १ मा २ सिटका लागि १३ जना स्पर्धामा छन् । 
 
प्रदेश २ 
प्रदेश २ मा २ सिटका लागि ५ जनाबीच प्रतिस्पर्धा रहँदा आनन्द प्रसाद ढुंगाना र  रमेश रिजाल अघि छन् । ढुंगानाले ६ सय ५६ र रिजालले ६ सय ३४ मत पाएका छन् । ढुंगाना पौडेल र रिजाल देउवा पक्षधर हुन् । 
 
प्रदेश ३ 
प्रदेशमा सबै भन्दा बढी स्पर्धा रहेको प्रदेश ३ मा नविन्द्रराज जोशी र मोहन बहादुर बस्नेत अघि छन् । जोशीको ५ सय ७३ र बस्नेतको ४ सय ७९ मत छ । जोशीलाई पछ्याउने रामनाथ अधिकारीको ४ सय ६ मत छ । जोशी र अधिकारी पौडेल तथा बस्नेत देउवा पक्षधर हुन् । 
 
प्रदेश ४ 
२ सिटका लागि ९ जना स्पर्धामा रहेको प्रदेश ४ मा गोविन्द भट्टराई र सुरेन्द्र राज पाण्डे अघि छन् । भट्टराईको ५ सय ९४ र पाण्डेको ५ सय ५५ मत छ । पाण्डेलाई पछ्याउने अर्जुन प्रसाद जोशीको ५ सय ३२ मत छ । भट्टराई पौडेल तथा पाण्डे र जोशी देउवा पक्षधर हुन् । 
 
प्रदेश ५ 
१० जनाबीच प्रतिस्पर्धा भएको प्रदेश ५ मा दिपक गिरी र देवेन्द्र राज कंडेल अघि छन्  । गिरीको ६ सय ५८ र कंडेलको ५ सय ७५ मत छ । कंडेलाई पछ्याउने भरत कुमार शाहको ५ सय ३७ मत छ । गिरी पौडेल पक्षधर र  कंडेल देउवा पक्षधर मानिन्छन् । 
 
प्रदेश ६ 
चर्चाको प्रदेश ६ मा हृदयराम थानी र जीवन बहादुर शाही अघि छन् । थानीको ७ सय ६६ मत र शाहीको ६ सय ६६ मत छ । शाहीलाई पछ्याउने गोपालजी जंग शाहको ६ सय २४ मत छ । थानी पौडेल र शाही देउवा पक्षधर हुन् । थानी प्रदेशमा गणना अवधिभर सबै भन्दा बढी मत ल्याउने उम्मेद्वार बनेका छन् । 
 
प्रदेश ७ 
२ सिटका लागि ७ जनाको प्रस्पिर्धा रहेको प्रदेश सातमा  दिलेन्द्रप्रसाद बडू र विरबहादुर बलायर अघि छन् । बडूको ७ सय १५  तथा बलायरको ६ सय २३ मत छ । बडू पौडेल पक्षधर हुन् भने बलायर देउवा पक्षधर हुन् । पार्टी प्रवक्ता समेत भइसकेका बडूले प्रदेशमा हाल सम्म सबै भन्दा मत ल्याउने मध्ये दोस्रो हुन् ।  
 
 
 
 



नयाँ