arrow

अजहर मसूदबारे सुरक्षा परिषद्मा छलफल, आतंककारी घोषणा भए के हुन्छ ?

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
masood_ajahar.JPG

काठमाडौं । भारतले प्रस्ताव गरे अनुसार अजहर मसूदलाई विश्वस्तरको आतंककारी घोषणा गर्ने कि नगर्ने भन्नेबारे संयुक्त राष्ट्र संघमा छलफल चलिरहेको छ । विश्वका सबै देशले नै आतंककारी सूचीमा राख्ने कि नराख्ने भन्ने सवालमा अहिले अमेरिका, ब्रिटेन तथा फ्रान्स सहमति जनाईसकेका छन् भने यसमा चीनले सहमति नजनाएकोले यस विषयमा संयुक्त राष्ट्र संघले फैसला गर्छ कि गर्दैन ? भन्नेमा आशंका उब्जिएको हो । यसमा भारतले गरेको प्रस्तावमा ५ वटा सदस्य राष्ट्रहरुबीच छलफल हुन लागेको हो । त्यसको लागि ४ वटा देशले सहमति जनाएर पनि एउटा मात्रै देशले यसमा असहमति जनाएपनि त्यो पारित हुन सक्दैन । यसलाई भिटो भनिन्छ । 

अमेरिका समेत तीन देशको प्रस्तावलाई भारतले आफ्नो कूटनीतिक जीतको रुपमा लिएको छ भने यसमा चीनले असहमति जनाउने सम्भावना देखिएको छ । आतंकवादी संगठन जैश–ए–मोहम्मदले पुलवामामा सीआरपीएफ जवानहरुमाथि गरेको आतंकवादी हमलापछि भारतले संयुक्त राष्ट्र संघमा यस्तो प्रस्ताव लगेको छ । आत्मघाती आतंककारी हमलाको जिम्मेवारी दिएको सो संगठनले गरेको हमलामा भारतीय सेनाका ४० प्रहरी जवानको ज्यान गएको थियो ।

यस अघि पनि आतंककारी घोषणा गर्ने प्रयासमाथि २०१७ मा चीनले प्रमाण मागेको थियो भने अहिले पनि चीनले सो बारेमा प्रमाण मागिरहेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदबाट प्रतिबन्ध लागेपछि संयुक्त राष्ट्र संघमा आवद्ध सबै देशहरुले उनलाई आतंककारीको सूचीमा राख्न बाध्य हुन्छन् । यो प्रस्ताव पारित भएपछि अजहरलाई विश्वको कुनैपनि देशमा प्रवेशको लागि प्रतिबन्ध लगाईन्छ । यसको अलावा उनले कुनैपनि प्रकारको आर्थिक गतिविधि गर्न पाउँदैनन् । सुरक्षा परिषद्ले घोषणा गरेपछि यी विषयहरुमा प्रतिबन्ध लाग्नेछ । 

– संयुक्त राष्ट्र संघमा आबद्ध सबै देशहरुमा उनको नाममा रहेको सम्पत्ति सबै फ्रीज गर्नु पर्दछ । फाइनान्शियल एसेट्स, इकोनोमिक रिसोर्सेजलाई समेत पूर्ण रुपमा सीज गर्नुपर्दछ ।  
– आफ्नो देशमा रहेको उनको नामको सबै सम्पत्ति जफत गर्नुपर्दछ र उनको संस्थाको सबै कारोबारहरुलाई कालोसूचीमा राख्नुपर्दछ । 
– संयुक्त राष्ट्र सँघसँग जोडिएका कुनैपनि देशको मानिसहरुले उनलाई कुनैपनि खालको सहयोग गर्न सक्दैनन् । यदि जानाजान उनलाई सहयोग गरेको भेटिएमा त्यो मानिसमाथि समेत सरकारले कारबाही गर्नसक्छ । 

यदि अजहरमाथि प्रतिबन्ध लाग्यो भने अहिलेसम्म पाकिस्तानमा बस्दै आएका उनीमाथि पाकिस्तानले नै कारबाही गर्नुपर्ने हुन्छ । यदि पाकिस्तानी सेनाले त्यो नसकेको खण्डमा संयुक्त राष्ट्र संघसँग सो विषयमा सहयोग माग्न सक्ने प्रावधान रहेको छ । संयुक्त राष्ट्र संघले यो प्रतिबन्ध लगाएपछि उनलाई कुनैपनि प्रकारको हतियारहरु विक्री तथा निर्यात गर्न कुनैपनि देशले मिल्दैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ