arrow

पुनःनिर्माण अभियान थालनीमा एमाओवादी र नयाँ शक्तिका कार्यकर्ताले रडाको मच्चाए

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Dolakha-hamrakura.jpg.jpeg
दोलखा । पुनः निर्माण अभियान आरम्भका क्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोलखाको सिंगटी क्षेत्रका भूकम्पपीडितलाई घर बनाउनका लागि आइतबारदेखि रकम वितरण प्रकृया सुरु गरे पनि विवादका कारण एकजनालाई मात्रै अनुदान सम्झौतापत्र हस्तान्तरण भएको छ ।
 
कार्यक्रममा जम्मा भएका एमाओवादी र नयाँ शक्ति नेपालका जिल्लास्थित प्रतिनिधिले केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणभन्दा पहिले वितरण गरिएको भूकम्पपीडित परिचयपत्रका आधारमा अनुदान दिनुपर्छ भन्दै विवाद झिकेपछी एक जना पीडितबाहेक अन्यले सम्झौतापत्र पाउन नसकेका हुन् । पुनः निर्माण अभियानको थालनीमा विवाद भएपछि जिल्ला स्थित राजनीनिक दलसहित सर्वदलीय बैठक बस्यो बैठकले जिल्लास्थित समन्वय समितिसँग छलफलका आधारमा राहत वितरण गर्ने सहमति गरेका छ । सहमति भएसंगै सोमबारबाट अन्य भूकम्पपीडितलाई समेत सम्झौतापत्र वितरण हुने भएको छ । 
 
प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञावलीले पहिलोपटक लादुक—८ का जगतबहादुर खत्रीलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गरेर अभियानको थालनी गरेका छन् । लादुक र लामिडाँडा गाविसका २० जना भूकम्पपीडितलाई पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख ज्ञावलीले सम्झौतापत्र हस्तान्तरण गर्ने कार्यक्रम तय भएकामा विवाद भएपछि जगतबहादुर खत्रीलाई मात्र सम्झौता पत्र हस्तान्त्रण गर्न सकिएको प्राधिकरण टोलीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ