arrow

मोदीको ब्रिफकेशमा के हुन्छ ?

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
modi-briefcase.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको लागि विशेष ध्यान दिइन्छ । उनको सुरक्षाका लागि विभिन्न प्रकारका सुरक्षाको व्यवस्था गरिएको हुन्छ ।

उनी कतै घुम्न जाने क्रममा उनका गार्डहरुको हातमा एक ब्रिफकेश पनि देख्न सकिन्छ । मोदीको सबैजसो भ्रमणमा उनका गार्डको हातमा ब्रिफकेश हुन्छ । मोदीभन्दा केही फिटको दूरीमा मात्र रहने सो ब्रिफकेश निकै महत्वपूर्ण मानिन्छ।

उक्त ब्रिफकेश वास्तवमा ब्रिफकेश नभई पोर्टेबल बुलेटप्रूफ शिल्ड हो । यसलाई आक्रमणको क्रममा खोल्न सकिन्छ । यसले रक्षा कवचका लागि प्रयोग गर्न सकिन्छ । यो उनको व्यक्तिगत सुरक्षा कवच हो ।

यसको काम भनेको मोदीमाथि कुनै आतंककारी आक्रमण भए सुरक्षा अधिकारीले तत्काल मोदीलाई यसले ढाकिदिन्छन् । कुनै किसिमको खतरा देखिएको खण्डमा सुरक्षाकर्मीले बोकेको झोलालाई जमिनतिर झड्कारिदिन्छन् ।

यसबाट यो झोला खुल्छ । यसमा एक गोप्य खल्ती पनि हुन्छ । जहाँ एक पेस्तोल पनि राखिएको हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ