arrow

दश बर्ष पछि अष्ट्रेलियालाई भारतीय भुमीमा क्रिकेट श्रृखंला

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
Australia-India-ODI-series.jpg

काठमाडौं। अष्ट्रेलियाले भारत बिरुद्धको एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटको श्रृखंला जितेको छ। घरेलु टोली भारत बिरुद्ध अष्ट्रेलियाको सन् २००९ पछि पहिलो हो।

पाँच एकदिवसीय क्रिकेटको श्रृखंला २-२को स्थितीमा पुगेको थियो। पहिलो दुई खेल भारतले जितेको थियो भने पछिल्लो दुई खेल अष्ट्रेलियाले आफ्नो खातामा पारेको थियो।

अन्तिम खेलमा घरेलु टोली भारत बिरुद्ध ३५ रनको जित हासिल गर्दै श्रृखंला जितेको हो। टस जितेर पहिले ब्याटी, गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ वेकटको क्षतीमा २ सय ७३ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान उस्मान ख्वाजाले १०० रन बनाएका थिए भने पिटर ह्यण्डसकम्बले ५२ रनको योगदान दिएका थिए। पहिलो विकेटका लागि ७६ रन साझेदारी र दोस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेको अष्ट्रेलियाले एक समय ३००को स्कोर सजिलै पुरा गर्ने देखिएको भए पनि भारतीय बलरहरुले कसिलो बलिङ गर्दै २ सय ७३ रनमा समेटेका थिए।

भारतका लागि भुवनेश्वर कुमारले सार्वाधिक ३ वेकट लिएका थिए भने रविन्द्र जडेजा र मोहम्मद शामीले २-२ विकेट हात पारेका थिए।

जवापमा ब्यटीङ गर्न आएको भारत २३७ रनमा समेटिएको थियो। भारतका लागि रोहित शर्माले सार्वाधिक ५६ रन बनाएक थिए। त्यसैगरि भुवनेश्वर कामरले ४६ र केदार जाधवले ४४ रनको योगदान दिएका थिए।

अष्ट्रेलियाका लगि लेग स्पिनर एडम जाम्पाले ३ विकेट लिएका थिए।त्यसैगरि प्याट कम्मिन्स, जेयी रिचर्डसन र मार्कस स्टोइनिसले २-२ वेकट लिएका थिए।

पहिलो र दोश्रो एकदिवसीय खेल भारतले क्रमश छ विकेट र आठ रनले जितेको थियो भने अस्ट्रेलियाले तेश्रो र चौथों खेल ३२ रन र चार विकेटको जित हात पारेको थियो ।

यस श्रृंखलामा पाँच खेल्दै समान दुई दुई शतक र अर्धशतक सहित ३८३ रन बनाएका उस्मान खवाजा प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ