arrow

प्रेम असफल भएपछि बालकद्वारा आत्महत्या 

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
suicide.jpg

सप्तरी । राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । 

राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कपडाको गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् । 

नजीकैको ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा नौमा अध्ययनरत यादवले एकोहोरो प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ