arrow

कांग्रेसद्धारा उम्मेदवारको दोस्रो लिष्ट जारी, राज बब्बर र प्रिया दत्त उम्मेदवार

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
rajbabbar-priya-dutta.jpg

काठमाडौं । भारतीय कांग्रेसले लोकसभा चुनावका लागि दोस्रो लिष्टि पनि जारी गरेको छ । कांग्रेसले महाराष्ट्रका पाँच तथा उत्तर प्रदेशका १६ सिटमा उम्मेदवार चुनेको हो । 

उप्रका कांग्रेस प्रदेश अध्यक्ष राज बब्बरलाई मुरादावादको उम्मेदवार बनाइएको छ । भाजपा छाडेर कांग्रेस आएका नाना पटोलेलाई नागपुरको टिकट दिइएको छ । 

त्यसैगरी भाजपाको सांसद छाडेर आएकी सांसद सावित्री बाई फुलेलाई बहराइचको उम्मेदवार बनाइएको छ । 

प्रिया दत्तलाई मुम्बई उत्तर सेन्ट्रलको, नामदेव उसेंडीलाई गढचिरौलीको, मिलिंद देवडालाई मुम्बई दक्षिणको र सुशील शिन्देलाई सोलापुरको टिकट दिइएको छ । 

यसअघि कांग्रेसले उत्तर प्रदेशका ११ र गुजरातका ४ सिटमा उम्मेदवार बनाएको थियो । कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठी तथा सोनिया गान्धी रायबरेलीबाट चुनाव लड्ने छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ