arrow

‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
rajnath-singh.jpeg

नयाँ दिल्ली। भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् ।  नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
 
फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे । उनले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ