arrow

हाफिजलाई प्रतिबन्ध लगाउने प्रस्ताव रोकेकामा भारतको असन्तुष्टी

logo
एएफपी,
प्रकाशित २०७५ फागुन ३० बिहिबार
india-map-and-flag-1310791.png.png

नयाँदिल्ली। भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ।

यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो। यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो।

उक्त घटनालगत्तै दुबै मुलुकबीच एकअर्का विरुद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो। काश्मिरको विवादलाई लिएर विगतमा दुई पटक भिषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा बढेको थियो।

चीनले बुधबार बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकाले मसूद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्तावलाई स्थगन गरिदिएको थियो। मसूदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने उक्त प्रस्तावमा उल्लेख थियो।

पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहर माथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय आवश्यक रहेको जनाएको थियो। चीनको उक्त अनुरोधसँगै प्रस्ताव करिब ९ महिना पछि धकेलिएको छ।

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको कदमबाट भारत निराश भएको जनाएको छ। मन्त्रालयले भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतङ्कवादी नेताहरुलाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपायहरु खुलै राख्ने पनि स्पष्ट गरेको छ।

चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीनवटा प्रयत्नलाई अबरुद्ध गरिसकेको छ। जैस–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतङ्कवादी सूचीमा राखिएको छ। चीनको उक्त निर्णयप्रति भारतीय अखबार एवं अरु संचार माध्यमले तिखो व्यङ्ग्य गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ