arrow

बङ्गलादेशद्वारा भूटान पराजित

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
football-new.jpg

विराटनगर । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन् ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल खेलेका थिए । बङ्गलादेशको आक्रमणलाई भूटानी डिफेण्डरले पहिलो हाफसम्म विफल बनाएका थिए । बङगलादेश साफ सेमिफाइनल प्रवेश गरेको छ । नेपाल र बङ्गलादेशबीच शनिबार हुने लिगको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

भूटान प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । भूटान पहिलो खेलमा नेपालसँग ३–० गोल अन्तरले पराजित भएको थियो । शुक्रबार समूह ‘बी’ अन्तर्गत श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ