arrow

ओभरब्रिज खसेर ६ जनाको मृत्यु, ३६ घाइते 

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार

काठमाडौं । ओभरब्रिज खसेर भारतमा ६ जनाको मृत्यु भएको छ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी स्टेशनको छेवैमा रहेको एक फुटओभर ब्रिजको एक ठूलो भाग खसेर उनहीरको मृत्यु भएको हो । 

बिहीबार बेलुकी ७ः४५ बजे भएको उक्त घटनामा ३ महिलासहित ६ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परेर ३६ जना घाइते भएका छन् । उक्त घटनापछि आजाद मैदान पुलिस स्टेशनमा लापरवाहीबाट मृत्यु भएको भन्दै मध्य रेलवे र बीएमसीका सम्बन्धित अधिकारीका विरुद्धमा एफआईआर दर्ता भएको छ । 

उक्त घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्ति गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यो पुलको जाच गरिए पनि यसलाई ठीक भएको बताइएको जानकारी दिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ