- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । न्यूजिल्याण्डको क्राइष्टचर्चमा रहको मस्जिदमा भएको भयानक आक्रमणमा केहीको हताहत भएको बताइएको छ ।
स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बीबीसीले बन्दूकको भिषण आक्रमणबाट थुप्रै मानिस घाइते भएका र हताहतीसमेत भएको हुन सक्ने बताएको छ ।
पुलिस कमिशनर माइक बुशले प्रहरीले घटनालाई नियन्त्रणमा लिएको बताएका छन् ।
उक्त आक्रमण एक्टिभ सुटरले गरेको प्रहरीले प्रारम्भिक दावी गरेको छ । प्रहरीले स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
उक्त स्थान प्रहरीले खाली गराएको छ । उक्त क्षेत्रमा स्कुलहरु पनि रहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सुटरबाट बच्न खोज्ने क्रममा धेरै मानिसहरु दौडिरहेका थिए ।
एक प्रत्यक्षदर्शीलाई उधृत गर्दै बीबीसीले लेखेको छ –थुप्रै मानिसहरु भाग्दा त हामीले पहिले त बिजुली सर्ट भएर यस्तो भएहोला भन्ने ठान्यौं ।
दुई मज्दिजमा गराइएको आक्रमणपछि स्थानीयले असुरक्षित महसुस गरिरहेका छन् । दुवै आक्रमण क्राइष्टचर्चमा रहेका मस्जिदमा भएका हुन् ।
पहिलो आक्रमण अल नूर मस्जिदमा भएको थियो । आक्रमणका बेलामा बंगलादेशी क्रिकेट टिम पनि रहेको थियो ।
तत्काल टिमलाई सुरक्षित स्थलतिर लगिएको थियो । यो घटनामा थुप्रै मारिएको आशंका गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले कालो कपडा लगाएको र हेल्मेटसमेत लगाएको थियो । उसंग स्वचालित हतियार रहेको र निरन्तर गोलीप्रहार गरिरहेको थियो ।