काठमाडौं। सरकारको नेतृत्व गरेको दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर घेर्ने भएको छ। आफ्नै दलका पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई विद्यार्थीहरु हुल वाँधेर घेर्न जान लागेका छन्। उनीहरुले कालावजारी रोक्न सरकार सफल हुन नसकेको, भ्रष्टाचार मौलाएको र पेट्रोलियम पदार्थको कालावजारी बढेको बिषयमा सरकारको ध्यानाकर्षण समेत गराउने बताएका छन्। सोमबार विहान अखिलका विद्यार्थी नेताहरु प्रधानमन्त्रीलाई घेर्न बालुवाटार पुगेका हुन्।
बालुवाटारमा पुगेर विद्यार्थीहरुले विराट पेट्रोलियम कम्पनीलाई कार्वाहीको माग समेत गर्ने बताएका छन्। नाफाखोरहरुले विराट कम्पनीलाई महंगोमा पेट्रोल बेच्न अनुमति दिइएको तर्क गर्दै उनीहरुले यस कार्यमा संलग्नहरुलाई कार्वाहीको माग समेत गरे। उनीहरुले विराटको लाइसेन्स खारेजी हुनपर्ने बताएका छन्।
आफ्नै विद्यार्थी संगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामाको नेतृत्वमा विद्यार्थीहरु आफूलाई नै घेर्न आउने भएपछि प्रधानमन्त्री ओली पनि उनीहरुलाई चित्त बुझ्दो जवाफ दिएर पठाउने तयारीमा लागेका छन्।
आफूर्ती मन्त्रालयसँग जोडिएको विषयमा विद्यार्थीहरुको माग बढी देखिएपछि प्रधानमन्त्री ओलीले यस बारेमा एमाओवादी नेतृत्वसँग समेत छलफल गरेर कार्वाही गर्ने आश्वासन दिन सक्ने वालुवाटार स्रोतले जनाएको छ।
आपूर्ती मन्त्रालयको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र गणेशमान पुनले सम्हाल्दै आएका छन।
पेट्रोलियम पदार्थमा भएको कालोवजारी र अनियमितताको विरोधमा अखिल केहि दिनदेखि आन्दोलित छ।