arrow

फ्रान्सद्वारा जैस ए मोहम्मद प्रमुखको सबै सम्पत्ति जफत 

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
masood_ajahar1.JPG

काठमाडौं । फ्रान्स सरकारले जैश सरगना मसूद अजहरको नाममा रहेको सबै सम्पत्ति फ्रिज गरिदिएको छ । संयुक्त राष्ट्र संघमा उनीमाथि प्रतिबन्ध लगाउनको लागि भारतले गरेको प्रस्तावमाथि चीनले आपत्ति जनाएपछि राष्ट्र संघबाट सो प्रस्ताव पारित भएको थिएन । राष्ट्र संघले प्रस्ताव पारित नगरेपनि फ्रान्सले उनको सबै सम्पत्ति फ्रिज गरिदिएको छ ।

मसूदमाथिको यो फ्रान्सको अहिलेसम्मकै सबैभन्दा ठूलो हमला मानिन्छ । फ्रान्स सरकारको गृह मन्त्रालय तथा विदेश मन्त्रालयद्वारा जारी संयुक्त बयानमा भनिएको छ कि फ्रान्स मसूदलाई यूरोपियन यूनियनको आतंकवादी सूचीमा शामिल गर्नको लागि समेत छलफल सुरु भएको छ । पाकिस्तानमा समेत आतंककारी हमलामाथिको कारबाहीलाई लिएर व्यापक दबाब आईरहेको छ । जैश-ए-मोहम्मदका प्रमुख अजहर मशुदलाई अन्तराष्ट्रिय आतंककारी घोषणा गर्नु पर्ने भारतीय प्रस्ताव चीनको असहमतीका कारण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट पारित भएन ।

सन् २००९ देखि भारतले चौथो पटक उक्त प्रयासमा असफलता हात पारेको हो । चारै पटक चीनको असहमतीका कारणले मशुदलाई अन्तराष्ट्रिय आतंककारी घोषणा गर्न सकिएको छैन।

चौथो पटक भारतले गरेको प्रस्तावमा अमेरिका, बेलायत र फ्रान्सले सहमती जनाए पनि चीनले सहमती जनाएन र प्रस्ताव बिफल भएको हो । पाकिस्तानसँगको राम्रो सम्बन्धले गर्दा चीनले अजहरलाई बचाईरहेको भारतीय आरोप रहेको छ ।

अमेरिका समेत तीन देशको प्रस्तावलाई भारतले आफ्नो कूटनीतिक जीतको रुपमा लिएको थियो भने यसमा चीनले असहमति जनाउने सम्भावना देखिएको थियो । आतंकवादी संगठन जैश–ए–मोहम्मदले पुलवामामा सीआरपीएफ जवानहरुमाथि गरेको आतंकवादी हमलापछि भारतले संयुक्त राष्ट्र संघमा यस्तो प्रस्ताव लगेको थियो । आत्मघाती आतंककारी हमलाको जिम्मेवारी दिएको सो संगठनले गरेको हमलामा भारतीय सेनाका ४० प्रहरी जवानको ज्यान गएको थियो ।

यस अघि पनि आतंककारी घोषणा गर्ने प्रयासमाथि २०१७ मा चीनले प्रमाण मागेको थियो भने अहिले पनि चीनले सो बारेमा प्रमाण मागिरहेको थियो । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदबाट प्रतिबन्ध लागेपछि संयुक्त राष्ट्र संघमा आवद्ध सबै देशहरुले उनलाई आतंककारीको सूचीमा राख्न बाध्य हुन्छन् । यो प्रस्ताव पारित भएपछि अजहरलाई विश्वको कुनैपनि देशमा प्रवेशको लागि प्रतिबन्ध लगाईने थियो । यसको अलावा उनले कुनैपनि प्रकारको आर्थिक गतिविधि गर्न पाउँने थिएनन् ।

सुरक्षा परिषद्ले घोषणा गरेपछि यी विषयहरुमा प्रतिबन्ध लाग्ने थियो:

-संयुक्त राष्ट्र संघमा आबद्ध सबै देशहरुमा उनको नाममा रहेको सम्पत्ति सबै फ्रीज गर्नु पर्दछ । फाइनान्शियल एसेट्स, इकोनोमिक रिसोर्सेजलाई समेत पूर्ण रुपमा सीज गर्नुपर्दछ । 

– आफ्नो देशमा रहेको उनको नामको सबै सम्पत्ति जफत गर्नुपर्दछ र उनको संस्थाको सबै कारोबारहरुलाई कालोसूचीमा राख्नुपर्दछ ।

– संयुक्त राष्ट्र सँघसँग जोडिएका कुनैपनि देशको मानिसहरुले उनलाई कुनैपनि खालको सहयोग गर्न सक्दैनन् । यदि जानाजान उनलाई सहयोग गरेको भेटिएमा त्यो मानिसमाथि समेत सरकारले कारबाही गर्नसक्छ ।

यदि अजहरमाथि प्रतिबन्ध लागेको भए अहिलेसम्म पाकिस्तानमा बस्दै आएका उनीमाथि पाकिस्तानले नै कारबाही गर्नुपर्ने हुन्थ्यो । यदि पाकिस्तानी सेनाले त्यो नसकेको खण्डमा संयुक्त राष्ट्र संघसँग सो विषयमा सहयोग माग्न सक्ने प्रावधान रहेको छ । संयुक्त राष्ट्र संघले यो प्रतिबन्ध लगाएपछि उनलाई कुनैपनि प्रकारको हतियारहरु विक्री तथा निर्यात गर्न कुनैपनि देशले मिल्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ