arrow

लगानी सम्मेलनको लागि ५ सय बढी सहभागिको आवेदन, फ्रान्सबाट मन्त्री नै आउने

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
investment-board.jpg

काठमाडौं। दुई साता पछि हुन लागेको नेपाल लगानी सम्मेलन २०१९ को लागि सरकारले तयारी तीब्र रुपमा अघि बढाएको छ। यही चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको सम्मेलनमा विदेशी लगानीकर्ताहरुसँगै विभिन्न देशका उच्च सरकारी अधिकारीहरुको समेत सहभागिता हुन लागेको बोर्डले जानकारी दिएको छ। 

दुई वर्ष अघि भएको लगानी सम्मेलनमा प्रतिवद्धता व्यक्त गरेका धेरै लगानीकर्ताहरुले लगानी नगरेको अवस्थालाई मध्यनजर गर्दै अहिले धेरै कानूनहरु लगानीकर्ता मैत्री बनाए सकिएको छ। अब नेपालमा लगानी गर्न आउनेले कुनैपनि झण्झट बेहोर्न नपर्ने भएकोले यसपटक लगानीकर्ताहरु आकर्सित हुने विश्वास बोर्डको छ। 

काठमाडौंको होटल सोल्टीमा आयोजना हुने लगानी सम्मेलनमा फ्रान्स र म्यानमारबाट मन्त्रीहरु नै उपस्थित हुन लागेकोले ती देशहरुले सम्मेलनलाई झनै महत्वका साथ हेरेको बुझिएको छ।

बोर्डका अनुसार लगानी सम्मेलनमा सहभागि हुनको लागि अहिलेसम्म ५ सय भन्दा बढी विदेशी सहभागिहरुले नाम टिपाईसकेका छन्। यो सरकारको अपेक्षा भन्दा धेरै हो। विशेषगरी लगानीकर्ताहरुको लागि गरिएको लगानी सम्मेलनमा सरकारका मन्त्रीहरुले नै ईच्छा देखाएको भन्दै यस पटकको लगानी सम्मेलन अरु बेलाको भन्दा सफल र भिन्न हुने विश्वास बोर्डको छ।

बोर्डका सहसचिव बलराम रिजालले लगानीकर्ताको लागि असहज हुनेखालका लगभग सबै कानूनहरु संशोधन भईसकेकोले यस पटकको लगानी सम्मेलनमा प्रतिबद्धता अनुसारको लगानी भित्रिने दाबी गरे। रिजालका अनुसार अहिलेसम्म विश्व बैङ्कका उपाध्यक्ष हार्टविङ सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जीन ब्यापटिस्ट लिमोइन, म्यानमारका लगानी तथा वित्तसम्बन्धी मन्त्री ऊ थाङ चुन लगायतले सहभागि हुन ईच्छा जनाएको जानकारी दिए।

बोर्डका अनुसार नेपाल सरकारको तर्फबाट तयार पारिएको ३५ र निजीक्षेत्रले तयार गरेका ११ वटा परियोजनाको विस्तृत खाका तयार पारिएको छ। सोही परियोजनाको परिधिमा रही सरकारले लगानीकर्ताले सम्मेलनकै क्रममा आफूले चाहेको परियोजनामा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था मिलाएको समेत बोर्डको भनाईछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित चाइना रेल्वे इन्टरनेसनल ग्रुपका उपाध्यक्ष वाङ लिजी, विश्व बैङ्कका मुख्य यातायात विज्ञ अर्नब बान्धोपाध्याय लगायतको सहभागितामा दिगो यातायात पूर्वाधार निर्माणसम्बन्धी सत्र सञ्चालन गर्ने बोर्डले सुनिश्चित गरेको समेत बोर्डले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ