arrow

चयाम्पियन्स लिग क्वार्टरफाईनलमा बार्सिलोना र म्यानचेस्टर युनाईटेड भिड्ने

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
champions-league-news.jpeg

काठमाडौं। बार्सिलोना र म्यानचेस्टर युनाईटेड च्यामपियन्स लिग फुटबलको क्वार्टरफाईनलमा भिड्ने भएका छन्। क्वार्टरफाईनलको ड्रका अनुसार बार्सिलोनाले म्यानचेस्टरको सामना गर्नेछ भने लिवरपुलले पोर्चुगिज टली पोर्टोको समाना गर्ने छ ।

दुई ईङ्लीश क्लब म्यानचेस्टर सिटी र टोटेनह्याम एक अर्कासँग भिड्ने छन्। त्यसैगरि युभेन्टसले अयाक्सको सामना गर्ने छ।

क्रिष्टियानो रोनाल्डो सम्मिलित ईटालियन फुटबल बिजेता युभेन्टसले नेदरल्याण्डको क्लब अयाक्सको सामना गर्नेछ । अयाक्सले राउन्ड अफ सिक्सटिनमा गत सिजनको बिजेता स्पेनी टोली रियाल मड्रिडलाई पराजित गर्दै माथि उक्लिएको हो।

चारवटा ईङलिश टोलि क्वार्टरफाईनल पुग्दा स्पेनबाट जम्मा एउटा टोलि बार्सिलोनाले क्वार्टरफाईनलको स्थान पक्का गरेको छ। बार्सिलोना लगातार १२ सिजन क्वार्टरफाईनल पुगेको हो।

यसपाली सन् २००६-०६को सिजन पछि पहिलोपटक कुनै पनि जर्मन क्लब क्वार्टरफाईनलमा स्थान पाउन सकेन । गत सिजनको बुण्डेसलिगा बिजेता बायर्न म्युनिखलाई ईङलिश क्लब लिवरपुलले पराजित गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ