arrow

भारतमा 'मोदी साडी'ले मार्केट पिट्न थाल्यो, दोस्रोमा योगीको मोह ! 

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
modi_sari.jpeg

काठमाडौं । चुनावमा मोदीले जनताको मन जित्न सक्छन् कि सक्दैनन् । त्यो त अब केही महिना पछि मात्रै थाहा होला । तर, चुनाव नजिकिँदै जाँदा मोदी साडीले भने बजार पिट्न थालेको छ । २०१९ को सुरुवातमा नै गुजरातबाट सुरु भएको सूरतको साडी मार्केटमा मोदी साडीले बजारमा उच्च व्यापार गरिरहेको व्यापारीहरुले जनाएका छन् । 

पुलवामामा भएको आक्रमण र त्यसको प्रतिकारमा भारतले गरेको एयर स्ट्राईकसँगै अभिनन्दनको फिर्तीसँग सम्बन्धित साडीहरुले पछिल्लो समय तीब्र रुपमा बजार लिन थालेको हो । पछिल्लो समय आएको लोकसभा चुनावको प्रचारको लागि समेत काम हुने भएकोले विशेषगरी भाजपाका कार्यकर्ताहरुले धेरै खरीद गर्ने गरेका छन् । यी मध्येपनि सबैभन्दा धेरै बजार नमो लेखिएको साडीले लिएको व्यापारीहरुले जनाएका छन् । अहिले मोदीको सिको गरेर अन्य मन परेका नेताहरुको तस्वीर समेत राख्ने बारेमा पनि माग बढ्न थालेको व्यापारीहरु बताउँछन् । 

मोदीको नाम लेखिएको १० हजारदेखि कसैले २० हजारसम्मको अर्डर आउने गरेको छ । एक व्यवसायी मनीष अग्रवालले भने कि उनीसँग पार्टीका नेताहरुको धेरै अर्डर आउन थालेको छ । त्यसमा पनि मोदीको फोटो र नमो लेखिएको साडीको झनै धेरै अर्डर आउन थालेको छ । यो साडी नेताले आफ्ना कार्यकर्ता र भोटरहरुलाई दिनको लागि खरीद गर्ने गरेका छन् । मोदी पछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथको तस्वीर भएको साडीको माग बढी भएको छ । 

भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ