arrow

राहुलले खुलाए रहस्य : 'मेरा तीन पुस्तालाई गाली गरेपछि मोदीसँग प्रेम साटे'

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
rahul-gandhi-embarrassed-pm-modi1.jpg

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले गत बुधवार चेन्नईमा स्टेला मेरिज कलेजका छात्राहरुलाई सम्बोधिन गरेका छन् ।  सो क्रममा राहुल गान्धीलाई एक छात्राले उनले संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई किन अँगालो हालेको भनेर सोधिन् । सो प्रश्नमा राहुल गान्धीले मोदी निकै रिसएको र उनि प्रति प्रेम जागेको बताए ।

छात्राले सोधेको प्रश्नको जवाफ दिदै राहुल गान्धीले भने "म संसदमा बसिरहेको थिए। मोदी जी भाषण गरिरहनुभएको थियो । ममा वहाँ प्रति कुनै रिस ,घृणा, कटुता थिएन । म हेरिरहेको थिए कि वहाँ निकै आवेशमा हुनुहुन्थो । वहाँ लगातार म र कांग्रेसमाथि हमला गरिरहनुभएको थियो । मेरो आमा , मेरो बुबा , मेरो हजुरआमा सबैको खराब रहेको आरोप वहाँ लगाउदै हुनुहुन्थ्यो । मलाई वहाँ प्रति प्रेम जागि रहेको थियो । वहाँ घृणामा हुनुहुन्थ्यो प्रेम देखि रहनुभएको थिएन । म सोचि रहेको थिए कमतिमा मैले वहाँ प्रति प्रेम देखाउनु पर्छ ।"

जुलाई २०१८ मा लोकसभामा मोदी सरकार बिरुद्ध अविश्वास प्रस्तावको क्रममा राहुलले प्रधानमन्त्री मोदीलाई अँगालो हालेका थिए। अविश्वास प्रस्तावमाथि बहस गर्ने क्रममा भाषण समाप्त भए लगत्तै राहुलले नरेन्द्र मोदीको कुर्सी नजिक गएर गला लगाएका थिए।

जब गान्धी त्यहाँबाट फर्किए त्यसपछि मोदीले पनि उनलाई बोलाएर काँधमा थपथपाएर पठाएका थिए । यो अप्रत्यासित घटना देख्दा मोदी केही समय अवाक भएका थिए । तर, पछि आफ्नो भाषणको क्रममा मोदीले पनि गान्धीप्रति शब्दवाण प्रहार गर्न त छाडेनन् ।

साथै राहुल गान्धीले रोबर्ट वाड्राको प्रश्नको उत्तर दिदै भने 'कानून सबैका लागि समान छ र सरकारलाई यो बिषयमा निर्णय लिने अधिकार छ । प्रधानमन्त्रीको नाम पनि सरकारी दस्तावेजमा दर्ता छ । जसबाट यो साबित हुन्छ कि देसो कम्पनीसँगको राफेल सम्झौतामा उनले हस्तक्षेप गरे।'

राहुल गान्धीको सम्बोधनको भिडियो बलिउड अभिनेत्री स्वरा भास्करले ट्वीट गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ