arrow

आलु उत्पादनमा वृद्धि

logo
रासस,
प्रकाशित २०७५ चैत २ शनिबार
potato-plant.jpg

अमरगढी। डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ। आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ।

चालू आर्थिक वर्षमा डडेल्धुरामा २५ हजार मेट्रीक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ। जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले गत वर्ष ५० मेट्रीक टन आलुको बिउँ वितरण गरेको थियो भने यो वर्ष करीब १०० मेट्रीक टन आलुको बिउँ अनुदानमा वितरण गरेको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत डडेल्धुरालाई आलु उत्पादनको ‘सुपर जोन’ क्षेत्र घोषणा गरे भएपछि किसान झनै उत्साहित भएका छन्। आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ।

आलु खेतीतर्फ किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्र्तगत अनुदानमा आलुको बिउँ वितरणका साथै प्राविधिक सहयोगसमेत दिँदै आइरहेको हो। यहाँको अमरगढी नगरपालीका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिकालाई आलु खेतीका लागि पकेट क्षेत्र घोषणासमेत गरेको छ।

डडेल्धुरामा हिउँदे आलु ५५५ हेक्टर क्षेत्रफलमा र वर्षे आलु २८५ हेक्टर क्षेत्रफलमा खेती गरिने गरिएको र गत आर्थिक वर्ष डडेल्धुराबाट तीन हजार मेट्रीक टन आलु निर्यात भएको अमरगढी कृषि शाखा कार्यालय डडेल्धुराका कृषि अधिकृत टेकबहादुर विष्टले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ