arrow

गुरुको भविष्यवाणि मिल्ने आशामा फक्कडबाबा फेरि चुनाव लड्दै, यो १७औं पटक

logo
प्रकाशित २०७५ चैत २ शनिबार
fakkad-baba.jpg

नयाँ दिल्ली । फक्कड बाबा रामायणी, मथुराको जाना-पहिचानको नाम हो। उनी अहिलेसम्म धेरै चुनाव हारेर नै चर्चामा आएका व्यक्ति हुन् । उनी अहिलेसम्म सोही क्षेत्रबाट १६ पटक मा हारिसके । तर अझैकपनि उनमा उत्साह कम भने छैन । फक्कड बाबा २०१९ को लोकसभा चुनावमा सोही क्षेत्रबाट चुनाव लड्न लागेको जानकारी दिएका छन् । बाबाको यो उत्साहको पछि उनको गुरुको कैयौं सुझावहरु प्रमुख रहेको बताइएको छ । 

सन् १९७६ देखि लगातार लोकसभा तथा विधानसभा चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका उनी मथुराका नै निवासी हुन् । उनी मथुराबाट आठ पटक विधानसभा तथा आठ पटक नै लोकसभा चुनाव लडिसकेका छन् । तर हरेक चुनावले केवल उनलाई हारको उपाधिमात्रै दियो । 

गुरुको भविष्यवाणि 
फक्कड बाबालाई आफ्नो गुरुको उस बचन आज पनि आदर्श वाक्यको रुपमा रहेको छ । २० ‌‌औं पटकको चुनावमा उनलाई विजयको ताज मिल्नेछ भनेर उनको गुरुले गरेको भविष्यवाणि सम्झिएर उनी फेरि चुनाव लड्न लागेका हुन् । बाबाले भनेका छन् कि यस पटक पनि उनका भक्त तथा समर्थकहरुले चुनावको लागि पैसा दिएका छन् । २५ हजार रुपैयाँ जम्मा भइसकेको छ । लोकसभा चुनाव लड्न त्यतिले खर्च पुग्ने उनले बताएका छन् ।

फक्कड बाबा जस्तै अर्का एक जोगी सिंह उर्फ धरती पकड पनि थिए । उनी १९६२ देखि १९९८सम्म २५ पटक चुनाव हारेका थिए। उनको १९९८मा उनको मृत्यु भयो । उनलाई भने जित्नेबारे कसैले पनि भविष्यवाणि गरेका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ