arrow

पाकिस्तानमा वर्षाका कारण अठ्ठाइसको मृत्यु

logo
प्रकाशित २०७२ चैत १ सोमबार
paki.jpg.jpeg
इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए । 
 
त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ ।  मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् । यी प्रान्तमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुसलधारे पानीपछि बाढी आएको र कतिपय घर भत्किँदा धेरै मानवीय क्षति हुन पुगेको पञ्जाव प्रान्तका अधिकारीले बताएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ