arrow

न्यूजील्याण्ड हमलाका एक बहादुर, जसले बन्दूक खोसेर धेरैको बचाए ज्यान

logo
प्रकाशित २०७५ चैत २ शनिबार
Newziland_livestream.jpg

काठमाडौं । क्राइस्टचर्चको मस्जिदमा भएको भयानक हमला सायदै देख्न सक्ने कोही हिम्मत धेरै कमको हुनसक्छ । भिडियोमा देख्दा पनि राम्रोसँग अनुमान लगाउन सकिन्थ्यो कि बच्चाा र बुढामानिसको कुरा नदेखी अन्धाधुन्द गोली चलाईएको थियो । हमलाको पहिले अनवर अलसलेहले पनि नमाजको तयारी गरिरहेका थिए । अनवर त्यही मस्जिदमा थिए जसमा हत्याराले निशाना बनाएको थियो । 

भाग्यले उनी त्यतिबेला बाधरुममा पुगेका थिए । उनले बाथरुमबाट नै आपतकालीन सेवामा फोन गरेर यसबारेमा जानकारी दिएका थिए । स्थानीय मिडियाका अनुसार हमला गर्नेले मुसलमानहरुको बारेमा एकदमै अपशब्द बोलिरहेका थिए । उनले भन्दै थिए कि आज म तिमीहरु सबैलाई जसरी पनि मार्नेछु । अनवरले भने कि बाथरुपमबाट पनि स्पष्टै बुझ्न सकिन्थ्यो कि मानिसहरु ज्यान बचाउनको लागि कतिसम्म चित्कार गरिरहेका थिए । तर हमला गर्नेले त्यतिबेलासम्म गोली हान्न छाडेन जतिबेलासम्म सबै मानिस मरेर सकिएनन् । 

अल(नूर मस्जिदबाट करिब ५ किलोमीटर दूर टाढा रहेको लाइनवुड ऐवेन्यू मस्जिदमा सात मानिस मारिए । यहाँ पनि नमाजको लागि आएका सैयद मजहरुद्दीनले न्यू जील्याण्ड हेराल्डलाई बताए अनुसार एक व्यक्ति बर्डी आर्मर तथा हेलमेट लगाएर आएको थियो, उसैले मस्जिदमा प्रवेश गरेसँगै फायरिङ्ग शुरू गरे । मस्जिदको ढोकैमा बसेर बुढा मानिसहरु नमाज पढिरहेका थिए । पहिले उनीहरुलाई नै गोली चलाउन सुरु गरेको थियो । 

तर लाइनवुड मस्जिदमा एक अचम्म लाग्दो बहादुरीको किस्सा समेत देखिएको छ । जहाँ सैयद मजहरुद्दीनले बताए अनुसार एक व्यक्तिले हमला गर्नेसँग मुठभेडसमेत गरे । मजहरुद्दीनले बताए अनुसार, 'त्यो केटा मस्जिदमा काम गर्ने गर्दथ्यो। उसलाई जब हमला गर्नेको ध्यान अन्यत्रै रहेको थाहा भयो तब उ हमला गर्नेमानिसलाई धक्का दिएर झट्ट बन्दुक समातिहाले । ती युवकले बन्दूकको ट्रिगर खोज्ने प्रयास गरिरहेका थिए । तर, उनले त्यो भेटेनन्। त्यतिबेलासम्म त्यो हमलागर्ने युवक बाहिर रोकिराखेको कारमा गएर बस्यो र भागिहाल्यो ।' ती युवकले गर्दा धेरै मानिसको ज्यान पनि बचेको प्रत्यक्षदर्शीले बताएका छन् । 

अल(नूर मस्जिदमा पूरा घटना देख्ने एक व्यक्तिले भने,'एक महिला चिल्लाईरहेकी थिईन् । हमलाकारले सिधैं उनको छातीमा गोली चलाईदियो।' उनले बताए अनुसार हमला गर्ने त्यो आतंककारीले काँधमा म्यागाजिन बन्दूक बोकेको थियो । एक व्यक्तिले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार हमलागर्ने व्यक्तिले शान्त स्वभावमा नहतारिएको शैलीमा सबैलाई मार्दै हिँडेको थियो । 

मिरवाइज नामका एक अफगान शरणार्थीले भने कि आफू बाँच्छु भन्नेमा उनलाई विश्वास नै थिएन । आफू बसेको कोठामा पनि एक महिलाले चिच्याएपछि बन्दूकधारी आफ्नै कोठातिर आएको उनले स्मरण सुनाए । उनीमाथि हानेको गोली टाउको नजिकैबाट गयो त्यसपछि उनी भुईँमा ढले । बन्दूकधारीले मर्यो भनेर छाडेकोले आफू बाँचेको उनले सुनाए । 

कार्ल पोमरे नामका स्थानीय आफ्नो कर्मचारीको साथमा अल-नूर मस्जिदकै बाटो हिँड्दै थिए । त्यही बेलामा उनले देखे कि मस्जिदमा भागाभाग चलिरहेको थियो । कार्लले आफ्नो गाडी रोकेर विरामीहरुको मद्दत गर्न लागेको बताए । त्यस मध्ये एक छ वर्षकी बच्ची पनि थिइन् । उनले स्थानीय मिडियासँग बताए कि,'हामीले उस बच्चीलाई कारमा लैजान सफल भयौं । उनलाई अस्पताल लैजाँदासम्म उनको हालत बहुत नाजुक थियो ।' ती बच्चीलाई पनि पछि अस्पतालले बचाउन नसकेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ