arrow

लोकसभा चुनाव : भाजपाको कुण्डलीले यस्तो देखाउँछ नतीजा  

logo
प्रकाशित २०७५ चैत २ शनिबार
BJP_kundali.jpg

काठमाडौं । भारतीय जनता पार्टी यानी भाजपाको जन्म ५ अप्रिल १९८० मा भएको हो । यस अनुसार कुण्डली बनाउँदा भाजपाको मिथुन लग्न तथा वृश्चिक राशि देखिन आउँछ। भाजपाको कुण्डलीमा अक्टूबर २०१२ देखि सूर्यको महादशा आरम्भ भएको छ । सूर्यको महादशामा भाजपालाई लाभ हुन सुरु भएको थियो । यही बेलामा भाजपाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको प्रत्यासी बनाइयो । त्यस समय पीएम मोदीको कुण्डलीमा राम्रो समय थियो । त्यसैको कारणले भाजपा र पीएम मोदीको कुण्डली दुबैको ग्रहयोग चल्नुका साथै पहिलो पटक केन्द्रमा बहुमतको सरकार बन्यो । 

सूर्यको महादशा ६ वर्षको लागि हुन्छ । तृतीयेशको सूर्यको दशाको कारण भाजपाले कैयौं प्रदेशमा विधानसभा चुनाव पनि जित्यो । यसै कार्यकालमा भाजपाले आफ्नो सरकार बनायो । तर जब बीजेपीको कुण्डलीमा सूर्यको महादशामा शुक्रको अन्तरदशा लगभग मार्चदेखि १८ सम्म चलेको छ । त्यतिबेलासम्म फल राम्रो हुँदैन । अनेकानेक तरहको आरोप लाग्ने गर्दछ । अप्रिल १८ देखि नयाँ महादशा चन्द्रमाको प्रारम्भ हुनेछ । जबकी यसमा भाजपाको धनभाव छ। निश्चित रूपले धनेशको दशा उन्नतिको बाटो तर्फ लिएर जाने देखिन्छ ।

तर, जबसम्म धनेश चन्द्रमाको महादशामा चन्द्रमाको अन्तरदशा अप्रिल १८ देखि लगभग जनवरी १९ सम्म चल्यो । यो समय समेत अत्यधिक विवादित बन्यो जसमा बीजेपीलाई ३ राज्यहरु राजस्थान, मध्यप्रदेश एवं तेलंगानाको विधानसभामा हार बेहोर्नु पर्यो । किनकी चन्द्रमाको महादशा अन्तरदशा एकै भएपनि राम्रो परिणाम भने मिल्दैन । यही कारण भाजपाको खराब प्रदर्शन शुरू भएको छ । भाजपाले अझैपनि अनेक तरहको आरोप लाग्ने गरेको छ । 

खासकुरा यो हो कि धनेश चन्द्रमाको महादशामा खष्टेश एवं आयेश मंगलको अन्तरदशा जनवरी २०१९देखि प्रारम्भ भएको छ । जो सफलताको कुरा त गर्छ तर चन्द्रमा र मंगल दुबैको मूल भएका कारण आउनेवाला समय आफ्नो पक्षमा आउने सम्भावना नै नहुने भन्ने त छैन तर परिणाम निकै कम हुनसक्छ । विजेपी कुण्डली अनुसार हेर्दा पूर्ण बहुमत पाउन सक्ने अवस्थामा देखिँदैन । तर, ठूलो पार्टी भने बन्ने सम्भावना देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ