arrow

अमेरिकासँगको वार्ता बन्द गर्ने उत्तर कोरियाको तयारी 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत २ शनिबार
trump-kim21.jpg

काठमाडौं ।  उत्तर कोरिया अमेरिकासँगको वार्ता बन्द गर्ने मनस्थितिमा पुगेको छ । पुनः आफ्नो परमाणु कार्यक्रम शुरु गर्ने मनसायमा उक्त मुलुक देखिएको हो ।  स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उत्तर कोरियाका विदेश उपमन्त्री चो सुन–हुइले विदेशी अधिकारीहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा भएको सम्मेलनको सुनौलो अवसर गुमाएको  बताएका हुन् । 

चो ले गत फेब्रुअरीमा अमेरिकाले दादागिरी देखाउन खोजेको आरोप लगाए । ट्रम्प र किम पहिलोपटक गत वर्ष सिंगापुरमा भेटेका थिए । उत्तर कोरियाले यसअघि नै आफ्नो परमाणु स्थल नष्ट गरेको प्रमाण पेश गरिसकेको छ । तर, उत्तर कोरियाको सबै परमाणु स्थल नष्ट गर्न उसमाथिको सबै प्रतिबन्ध हटाउन अस्वीकार गरेसँगै भियतनामको वार्ता विफल भएको थियो । 

रुसी सञ्चारमाध्यम तासका अनुसार चोले अमेरिकाले आफ्नो माग पालना गर्ने आशा बाँकी नरहेको र यस किसिमको वार्तामा सहभागी हुन इच्छुक नरहेको बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ