काठमाडौं। नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सोमबार दिउँसोसम्म सकिने भएको छ। आइतवार २७५० मत गणना भइसकेको छ। अब बाँकी ४ सयभन्दा केहि बढी मत दिउँसो १ बजेसम्म गणना हुने नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ।
मतको रुझान हेर्दा यो पटक २५ जना खुल्ला सदस्यमा रमेश लेखक र विश्वप्रकाश शर्मा दुई जना विल्कुल नयाँ अनुहार आउने देखिएको छ। केन्द्रीय सदस्यमा प्रदिप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिने छन्। उनी यसअघी पराजित भएपनि शुसिल कोइरालाले आफ्नो कार्यकालको अन्तिमतिर मनोनित गरेका थिए। खुल्ला सदस्यमा निर्वाचित हुने लगभग पक्का भएका बद्री पाण्डे यसअघी सेती अञ्चलबाट निर्वाचित भएका थिए। अरु निर्वाचित हुने लगभग पक्का देखिएका सबै पुरानै अनुहारहरु रहेका छन्।
मतगणनाको रुझान हेर्दा शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी., बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजालले जित्ने लगभग पक्का भएको छ।
२६औं नम्वरमा रहेका पद्मनारायण चौधरी र उनलाई पछ्याएका उदय शमशेर राणा, जिपछिरिङ लामालाई २५ भित्र पर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ। जुन एकदमै गाह्रो पर्ने देखिन्छ।