arrow

के भन्छ राहुलको कुण्डलीले ? बन्छन् त प्रधानमन्त्री ?

logo
प्रकाशित २०७५ चैत २ शनिबार
rahul_gandhi.JPG

काठमाडौं । फाल्गुन मास आए लगत्तै लोकसभा चुनावको सुगबुगाहट प्रारम्भ भएको छ । पूरै भारत शनै:-शनै: लोकतन्त्रको यस महापर्वको नजिकतिर अग्रसर हुँदैछ । जसरी जसरी लोकसभा चुनाव नजिक आएको छ । उसैगरी हरेक देशवासीको मनमा राजनेताहरु, दलहरु पनि आगामी सरकारलाई लिएर तीव्र आका‌ंक्षा बेहोर्न बाध्य छन् । 

२०१९मा हुनेवाला लोकसभा चुनावमा सरकार कसको बन्छ ? अबको प्रधानमन्त्री को हुन्छन्? प्रधानमन्त्र‍ी को बन्छन् रु के महागठबन्धनबाट सफलता प्राप्त हुन्छ ? यी र यस्तै यक्ष प्रश्नहरुको उत्तर आज देशको हरेक मानिसहरुले खोजिरहेका छन् । तर अघिल्लो प्रधानमन्त्रीको बारेमा अझै बढी उत्सुकता जनाउने गरिन्छ काँग्रेस अध्यक्ष राहुल गान्धीलाई लिएर । आज सबै जना यही जान्न चाहन्छन् कि के राहुल गान्धी भारतको अबको प्रधानमन्त्री बन्लान् ? ज्योतिषीय दृष्टिले उनको कुण्डली यस्तो छ । 

राहुल गान्धीको कुण्डली मकर लग्नको छ । जसको स्वामी शनि हो । शनि सत्ताको नैसर्गिक कारक मानिन्छ । राहुल गान्धीको कुण्डलीमा शनि लग्नेश भएका कारण त्यसलाई अति महत्वपूर्ण रुपमा मानिएको छ । राहुल गान्धीको राशि वृश्चिक हो जसको अधिपति मंगल हो। राहुल गान्धीको जन्म पत्रिकामा शनि केन्द्रमा नीचराशिस्थ स्थितमा छ । जसको प्रभावले उनले आफ्नो जीवनमा स्थापित हुनको लागि कडा परिश्रम गर्नु पर्ने देखिन्छ । 

राहुल गान्धीको कुण्डलीमा शनिको उच्च दृष्टि कर्मक्षेत्रमा छ । त्यो अत्यन्त शुभ हो । यसैको प्रभावका कारणले उनी काँग्रेसको अध्यक्ष पनि बनेका छन् । राहुल गान्धीको कुण्डलीमा शुक्र कर्मक्षेत्रको कारक भएर शत्रुक्षेत्री छ । जुन उनको लागि सत्ता प्राप्तिमा अवरोध वा विलम्बको कारण बन्ने देखिन्छ । अथक परिश्रम पछि समेत उनले अपेक्षित सफलता प्राप्त गर्न सक्ने देखिँदैन ।

सप्तम भावमा एक्लै शुक्र उनको दाम्पत्य सुखबाट वञ्चित गरिरहेको छ । चतुर्थेश मंगलको छैठौं भावमा स्थित हुनुले उनलाई जनताको लोकप्रियताबाट समेत वञ्चित गर्दछ ।  यसको परिणामस्वरूप उनी जनमानसलाई प्रभावित गर्नमा अधिकतर असफल रहने देखिन्छ । अहिले वर्तमानमा राहुल गान्धी चन्द्रको महादशा वा लग्नेश शनिको अन्तरदशाको प्रभावमा छ । जुन् मार्च २०१९ सम्म चल्दछ । यही अन्तरदशा उनको लागि शुभ मानिन्छ । यही दशाको प्रभावले उनको नेतृत्वमा कांग्रेसले ३ ठूला राज्यहरुमा सत्ता पाएका छन् । 

किन्तु यो दशा १ मार्च २०१९ मा समाप्त हुँदैछ । यस पछि बुधको दशा प्रभावशील रहनेछ। बुध राहुल गान्धीको जन्म पत्रिकामा षष्ठेश वा भाग्येश भएर पञ्चम स्थानमा स्थित छ। लोकसभा चुनावको समय प्रत्यन्तर समेत बुधको नै रहने छ । षष्ठेशको पञ्चम भावमा स्थित हुनु उनको लागि हानिकारक सिद्ध हुनेछ । अतस् वर्तमान ग्रह स्थितिमा राहुल गान्धीको टीम आगामी लोकसभा चुनावमा सफल हुन धेरै गाह्रो छ ।

ज्योतिषले यस्तो भनेपनि राहुलको ग्राउण्ड रियालिटीले भने उनको प्रभाव राम्रो बन्दै गएको देखिएको छ । उनी पछिल्लो समय जनतामा घुलमिल हुने धेरै प्रयासमा छन् भने देश दौडाहाको क्रममा उनीप्रतिको धारणा पनि सकारात्मक रहेको देखिएको छ । यद्यपि यसमा को राम्रो र को नराम्रो भन्ने कुरा भने मे २३ तारिकमा मात्रै थाहा हुने छ । 

भारतीय ज्योतिष पं. हेमन्त रिछारियाले प्राप्त गरेको राहुलको कुण्डलीको आधारमा गरेको भविष्यवाणीको नेपाली अनुवाद । त्यो कुण्डलीको प्रामाणिकताबारे भने अझै स्पष्टता छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ