arrow

५० जनाको ज्यान लिएको मस्जिद आक्रमणमा एकल संलग्नता 

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
killer.jpg

काठमाडौं । ५० जनाको ज्यान लिनुका साथै ५० बढीलाई घाइते बनाएको मस्जिद आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको खुलेको छ ।

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा गत शुक्रबार भएको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको निष्कर्ष त्यहाँको प्रहरीले निकालेको हो ।

अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्ट मात्रै घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ । उनले मस्जिदमा आक्रमण गरी फेसबुकबाट प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जना पक्राउ परेको भए पनि उनीहरु निर्दोष देखिएको न्यूजिल्यान्डका पुलिस कमिसनर माइक बुसले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भने भइरहेको उनले बताए । क्राइस्ट चर्चस्थित अल नूर र लिनउड मस्जिदमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५० जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका छन् ।

पक्राउ परेका ब्रेन्टनलाई अप्रिल ५ तारिखसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यो घटनालाई न्यूजिल्याण्डले कालो दिनको रुपमा लिएको छ । एकजनामात्रको संलग्नतामा यतिधेरैको ज्यान लिनुलाई भने अपराधको पराकाष्टा भनिएको छ । यसअघि थप तीन जना पनि पक्राउ परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ