arrow

कांग्रेसको चौथो लिष्ट आयो, शशि थरुरलाई तेस्रो पटक टिकट

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
sashi-tharoor.jpg

काठमाडौं । लोकसभा निर्वाचनका लागि भारतीय कांग्रेसले उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । यसअघि ५४ सिटका लागि उम्मेदवार घोषणा गरेको काँग्रेसले चौथो पटक २७ जनाको नाम सार्वजनिक गरेको हो । 

यो सूचीमा शशि थरुरले तेस्रो पटक तिरुवन्तरमपुरबाट टिकट पाएका छन् । सूचीमा उत्तरप्रदेशका सात, अरुणाञ्चल प्रदेशका दुई, छत्तीसगढका पाँच, केरलका १२ तथा अन्डमान–निकोबारका एक जनाको नाम सार्वजनिक भएको छ । 

काँग्रेसले प्रमुख प्रतिद्धन्द्धी भारतीय जनता पार्टीको गठबन्धनलाई माथ दिन सक्ने क्यान्डिडेट उतारको दावी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ