arrow

भाजपामा उम्मेदवार छान्न सकस, शत्रुघ्न सिन्हा आउट

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
shatrughan-sinha.jpg

काठमाडौं । लोकसभा निर्वाचनका लागि भारतीय जनता पार्टी भाजपालाई उम्मेदवार छान्न सकस भएको छ । प्रमुख प्रतिपक्षी काँग्रेस आईले चौथो पटक उम्मेदवारको नाम जारी गर्दा भाजपाले एक पटक पनि उम्मेदवारको नाम सार्वजनिक गर्न सकेको छैन । 

आइतबार साँझसम्म पहिलो सूची सार्वजनिक हुन सक्ने भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

शनिबार राति प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह र शीर्ष नेताहरुले बसेर उम्मेदवारबारे छलफल गरेका थिए । 

यसपटक पटना साबिह सिटका लागि बलिउड अभिनेता एवं भाजपाका जल्दाबल्दा नेता सत्रुघ्न सिन्हालाई टिकट नदिने भएको छ । 

सिन्हाको ठाउँमा रवि शंकर प्रसाद आउन सक्ने बुझिएको छ । शूत्रको हवाला दिँदै दैनिक भास्करले भनेको छ – सांसद शत्रुघ्न सिन्हाको ठाउँमा रवि शंकर आउन सक्नेछन् । त्यसैगरी आराबाट आरके सिंह, पश्चिम चम्पारणबाट संजय जयसवाल, मन्त्री राधा मोहन सिंहलाई पूर्वी चम्पारण दिने सम्भावना छ । 

शत्रुघ्न सिन्हाले धेरै पटक विभिन्न समारोहमा नेतृत्वको आलोचना गरेकाले उनलाई टिकट नदिने बुझिएको छ । 

बिहारमा सात चरणमा चुनाव हुनेछ । अप्रिल ११, १८, २३ र २९ तारिख तथा मे ६, १२ र १९ गरी सात चरणमा निर्वाचन हुन लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ