arrow

लोकसभा चुनावको ७० वर्षे तुलना : युवा सांसदहरु निकै घटे, साक्षर सांसदहरुको बृद्धि  

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
jawahar_modi.JPG

काठमाडौं । २०१९को लोकसभा चुनाव भारत स्वतन्त्र भएपछिका १७ औं चुनाव हो । पछिल्लो १६ लोकसभा चुनावहरुमा देशको साथ साथै भारतको संसदमा समेत धेरै बदलाव आएको छ । लोकसभा चुनावको मात्रै कुरा गर्ने हो भने पनि केही हदसम्म स्थिति सुध्रिएको देखिन्छ भने केही स्थिति बिग्रिएको समेत देखिन्छ । अहिलेको लोकसभा चुनावमा पहिलेको भन्दा तुलनात्मक रुपमा धेरै मानिसहरु पढेलेखेका छन् । तर पनि चुनावमा भोट हाल्ने मानिसहरुको संख्या भने कम हुँदै गईरहेको छ भने महिलाहरुको संख्यामा पनि त्यति धेरै उत्साहजनक सहभागिता देखिँदैन । 

१९५१ मा भएको लोकसभामा औसत उमेर जम्मा साढे ४६ वर्ष थियो । १६ औं लोकसभासम्म आईपुग्दा यो उमेर ५६ वर्ष पुगेको छ । २००९ को लोकसभा चुनावमा भारतका कूल द्धघ प्रतिशत सांसद ५६ या त्यो भन्दा बढी उमेरका थिए । त्यतिबेला औसत उमेर झण्डै ५८ वर्ष थियो । पहिलो लोकसभामा कुनै पनि सांसद बनेको मानिस ७० वर्ष कटेका थिएनन् । तर २०१४ मा यो दर ७ प्रतिशत पुगेको थियो । ४० वर्ष भन्दा साना उमेरका सांसद पनि पहिलो लोकसभाको तुलनामा २६ प्रतिशत कम भएका छन् ।

लोकसभामा पढाईको स्तर हेर्दा पहिलेको भन्दा बढी देखिन्छ । १९५२ मा २३ प्रतिशत सांसद यस्ता थिए जसले १० कक्षा पनि पढेका थिएनन् । त्यही दर १६ औं लोकसभामा ७५ प्रतिशत सांसद स्नातक सकिसकेका थिए ।केवल १३ प्रतिशत मात्रै मेट्रिक पास भएका सांसद थिए । 

२०१४ को चुनावमा ६२ महिला मात्रै ९११ दशमलव ४५० लोकसभामा पुगेका थिए । यो आँकडा पहिलो लोकसभा ९२४ महिला० भन्दा केही धेरै हो । यो दर नेपाल ९२९ दशमलव ६०, बङ्ग्लादेश ९२० प्रतिशत०, पाकिस्तान ९२० प्रतिशत० को भन्दा निकै कम हो । 

१६ औं लोकसभामा कूल १६ सय १५ घण्टा काम भएको थियो । यो १५ औं लोकसभाको भन्दा २० प्रतिशत बढी हो । तर अहिलेसम्म लोकसभामा कामको कूल समयको औसत ९२६ सय ८९ घण्टा० निकालिन्छ भने त्यो पनि ४० प्रतिशत कम हो । लोकसभा चुनावका लागि गरिएको काम कार्यवाही कूल ३३१ दिन भएको थियो । जुन पूर्णकालिक लोकसभाको औसत भन्दा १३७ दिन कम हो।  

विभिन्न भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ