arrow

नेपालमा प्रतिबन्धित नोट फुकुवाबारे आरविआईको हेपाहा व्यवहार, पठायो अस्पष्ट जवाफ

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
NRB_RBI.jpg

काठमाडौं । भारतले नेपालमा प्रतिबन्ध लगाएको १०० रुपैयाँ भन्दा माथिका भारु नोटको प्रतिबन्ध फुकाउन बाहानाबाजी गर्न थालेको छ । नेपालले प्रतिबन्ध फुकुवा गर्न गरेको आग्रहको जवाफमा भारतीय रिजर्भ बैंक(आरविआई)ले एक जना भारतीयले २५ हजार रुपैयाँसम्म १०० माथिका नोट लिएर नेपाल आउन सक्ने भनी लेखिपठाएको छ । यसरी नेपालमा भारतीय नोटको प्रतिबन्ध र नेपाललाई पठाएको पत्रले आरविआईले हेपाहा व्यवहार देखाएको देखिएको छ ।

भारतीयलाई ठूलो नोट लिएर नेपाल आउन दिएको आरविआईले नेपालीले भारु लिएर भारत जान पाउने वा नपाउने ? भन्नेबारे भने कुनै जवाफ नै दिएको छैन । आरविआईले नेपाल राष्ट्र बैंकमा रहेको ठूला नोट साँट्नेमा स्पष्ट नभएपछि भारतबाट ठूला नोट लिएर आएकाहरुसँग साँट्ने कि नसाँट्ने भन्नेमा स्पष्ट छैन । राष्ट्र बैंकमा भएको ठूला नोट आरविआईले साँट्जे निश्चित भएमा मात्रै नेपालले पनि प्रतिबन्ध लगाएको नोट फुकुवा गर्नसक्छ ।

यस अघि नै नेपाल सरकारले आरविआईले नेपालमा ठूला नोट प्रतिबन्ध लगाएपछि नेपालमा ठूला नोटको कारोबार नगर्न सचेत गराएको थियो । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आरविआईले पठाएको पत्रमा नेपाल राष्ट्र बैंकसँग एक सय भन्दा माथिको भारु साँट्ने वा नसाँट्नेबारे स्पष्ट नलेखेकोले फेरि स्पष्टताको लागि पत्र पठाएको जानकारी दिए । राष्ट्र बैंकसँग आरविआईले ठूला नोट नसाँट्ने हो भने भारतीयले नेपालमा आएर ठूला नोट प्रयोग गर्न दिनै मिल्दैन । 

यस अघि पनि आरविआईले दुई वर्ष अघि भएको नोटबन्दीको समयमा नेपालमा भएको ५ सय र १००० को नोट साँट्नको लागि इन्कार गर्दै आएको छ । अहिले पनि स्पष्ट नहुने हो भने राष्ट्र बैंकमा आएर भारु एक सय भन्दा माथिका नोट थोपरिने र यसको कूनै मूल्य नहुने अवस्था आउन सक्छ । त्यसै कारण राष्ट्र बैंकले अहिले नै स्पष्ट गर्नको लागि पत्र पठाएको शिवाकोटीले जानकारी दिए । भारत जाने नेपाली र नेपाल आउने भारतीयलाई समेत यसले समस्या भएको भन्न ेगुनासो पछि सरकारले गरेको यस्तो आग्रहमा आरविआईले २५ हजार रुपैयाँसम्म लिएर भारतीयहरु नेपाल आउन सक्ने व्यवस्था गरेको हो । 

तर, सो पत्रमा भारतले नेपाल राष्ट्र बैंकमा आएको ५ सय र दुई सयका नोटहरु सटही गर्छ कि गर्दैन ? भन्नेबारे भने स्पष्ट उल्लेख गरेको छैन । त्यस्तै, नेपालीले २५ हजार रुपैयाँसम्म ५ सय र दुई सयको नोट लिएर भारत जान पाउने कि नपाउने ? भन्नेबारे पनि स्पष्ट उल्लेख गरिएको छैन । शिवाकोटीका अनुसार राष्ट्र बैंकले सो विषयमा स्पष्ट जवाफ माग गरी पुनः पत्र पठाईसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ