arrow

के भोकले मर्दैछन् सैफ अली खानका छोरा ? ट्रोलरलाई करीनाले दिइन् यस्तो जवाफ

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
saif-ali-khan.JPG

काठमाडौं । बलिउड अभिनेत्री करीना खान आफ्नो छोरा तैमूरको विषयलाई लिएर निकै सजग रहन्छिन् । पछिल्लो समय उनको छोरा पनि निकै चर्चित बन्न पुगेका छन् । यो उमेरमा पनि उनका फ्यानको संख्या उल्लेख्य छ । तर, हालसालै एक व्यक्तिले जब तैमूरलाई लिएर गरेको कमेन्टमा करीना कपूर भड्किएकी छिन् ।

 अरबाज खानको शो ‘क्विक हील पिंच’को सेटमा करीनालाई गेस्टको रुपमा बोलाइएको थियो । यस विषयमा मिडियामा आएका ट्रोलबारे उनलाई प्रश्न गरिएको थियो । यो शो नै मिडियामा आएको ट्रोलहरुलाई लिएर राखिएको हो ।

यसै क्रममा एक ट्रोलरको कमेन्ट पढिएको थियो । कमेन्टमा ‘के तैमूर भोकै मर्दैछन् कि के हो ?’ भनी सोधिएको थियो । यो प्रश्नको उत्तर दिँदै करीनाले भनेकी थिइन्, ‘ऊ विचरा भोकले मर्दैछैन, त्यसको विपरीत केही धेरै नै खाइरहेको छ । अचेल मोटाउँदै गएको छ ।’

करीना कपूर अब छिटै नै अक्षयकुमारसँग फिल्म ‘गुड न्युज’मा आउने भएकी छिन् । धेरै लामो समयपछि उनीहरु एकसाथ फिल्ममा देखिन लागेका हुन् ।

यो पनि पढ्नुहोस

सैफ - करिनाका छोराको सुसारेलाई मोदीको जति तलब



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ