arrow

मोदीसहित २०१४ का सबै ‘चायवाला’हरु रातारात बने ‘चौकीदार’ 

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
modi_twitter.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भारतीय जनता पार्टीका सबै नेताहरुले आफ्नो ट्वीटर एकाउन्टमा नाम बदलेका छन् ।

२०१४ को लोकसभा चुनामा 'चायवाला' को नामबाट यस्तै चुनावी प्रचारमा लागेका भाजपाका नेताहरुले यो चुनावमा चौकीदार शब्द लिएर चुनावमा जान लागेका हुन् । 

आफ्नो सबै रयालीहरुमा आफूलाई देशको चौकीदार भनेर चिनाउन चाहने मोदीले सोमबार मात्रै म पनि चौकीदार भन्ने भिडियो जारी गरेका थिए । अब पीएम मोदीले ट्विटरमा आफ्नो नामको पहिले चौकीदार जोडेका छन् । अहिले उनको ट्वीटरमा नाम 'चौकीदार नरेन्द्र मोदी' भएको छ । 

विपक्षीहरूले मोदीलाई चौकीदार बिम्बको प्रयोग गरि मजाग गर्दै आक्रमण गर्न थालेपछि आम नागरिकको प्रतिनिधित्व गर्ने सोहि बिम्बलार्ई मोदी सहितका भाजपाका नेताहरूले प्रयोगमा ल्याएका हुन् ।

अमित शाह सहित कैयौं ठूला नेता चौकीदार
पीएम मोदीको यो म पनि चौकीदार भन्ने भिडियो सार्वजनिक भएपछि अहिले भाजपाका अमित शाह सहित सबै ठूला नेताहरुले आफ्नो नामको अघि चौकीदार नाम राख्न थालेका छन् । फेसबुक, इन्स्टाग्राम आदिमा भने अझै पनि नरेन्द्र मोदीमात्रै देखिने गरेको छ । तर ट्वीटरमा भने उनले नाम फेरिसकेका छन् ।

पीएम मोदीका साथसाथ बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल तथा बीजेपीका आईटी सेल प्रमुख अमित मालवीयले समेत ट्विटरमा आफ्नो नामको अगाडि 'चौकीदार' थपेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ